पार्टीमा कुदेको २२ बर्ष पछी वडा अध्यक्षको टिकट माग्नु गलत हो ? : जन्जित के सी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ८ ।

४४ बर्षका एउटा युवा जन्जित के सी जो २२ बर्षदेखी लगातार काँङ्रेसको कृयासिल सदश्य छन् ।तात्कालिन गोकर्ण गा बि स भित्रको पिछडिएको गाँऊ गाम्चाका अधिकाँस जनता एमाले भएको अवस्थामा पनि सिँगो गाँऊमा काङ्रेसको बिरासत जोगाएकी मिना के सि अहिले शारिरिक अवस्थाको कारण ओछ्यान परेकी छिन् ।

आफ्नी आमाको काङ्रेस प्रतीको सद्भाब देखेर काङ्रेस बन्दै हिंडेका मिनाको कान्छो छोरो जनजित भने २२ बर्ष काङ्रेस झोला बोकेर हिंडे पछी अहिले बल्ल वडा अध्यक्ष पदमा उठन पार्टी नेत्रित्वसँग टिकट मागी रहेका छन ।

२२ बर्षको उमेरदेखी पार्टीमा लागेर ४४ बर्षको भए पछी आफ्नो वडाको सेवा गर्न वडा अध्यक्षको सामान्य जिम्मेवारी खोज्दा समेत आफुले टिकट पाउने कुरामा ढुक्क हुन सक्न्ने अवस्था नहुनु दु:खद भएको जन्जित के सी को अनुभब छ । टिकटको बिषयमा देखिएका अनेकौ चरित्रका कारण दिक्क मान्दै के सि भन्छन् । ”

मेरी आमाले ३० बर्ष पार्टीको लागि काम गर्नु भो । गाँऊमा काङ्रेसको बिरासत जोगाउनु भो तर कहिल्यै कुन पदको लागि टिकट माग्नु भएन ।अहिले मेरी आमा बिरामी पर्नु भएको छ । म आँफै पार्टीको कृयासिल सदश्य भएर कुदेको २२ बर्ष भैसक्यो तर अहिले पनि एउटा वडा अध्यक्ष टिकट लिन समेत मारामारको अवस्था छ ।

“ पार्टी राजनिती प्रती नै अधिकाम्स युवाहरुको नकारात्मक प्रभाब बढदै गएको भन्दै जन्जित के सी भन्छन् “ एउटै जन प्रतिनिधी पटक पटक पदमा बस्न खोज्न्ने आफ्नो उमेर जती नै भए पनि जुनसुकै पदमा लालचा देखाउने नेतृत्वले  गर्दा धेरै युवाहरु को मनमा किन पार्टी राजनिती गर्ने ? किन तिनको झोला बोक्न्ने जस्ता बिचार मनमा आएको छ । “ पिछडिएको बर्गको बाहुल्यता रहेको झन्डै ४ सय भन्दा बडी मतदाता रहेको साबिक बालुवा वडा नं ८ र ९ मा कहिल्यै नेत्रित्व पाएको छैन ।

अशिक्षा र गरीबीले अक्रान्त काठमाण्डौ जिल्ला कै एउटा गाउँलाई पटक पटक नेत्रित्व बिहिन बनाउनु काङ्रेस जस्तो प्रजातान्त्रीक दललाई सुहाउने कुरा नभएको जन्जित के सी को दाबी छ ।

तर यस पटक भने पार्टीले बिबेक पुर्याएर टिकट बितरण गर्ने छ भन्नेमा आफु ढुक्क रहेको जन्जित के सी को विश्वाश छ ।सानै उमेर देखि सामाजिक काममा लागेका केसी सरल स्वभावका सबैसँग मिलनसार रहेकोले उनलाई राजनीतिमा होमिन समर्थकहरू दबाब रहेको उनि बताउछन ।

समाजका हरेक क्रियाकलापमा साथ दिदै आएकाले पनि जनताले साथ दिने उनको भनाई छ । समाज र जनभावना अनुसार सभ्य र विकसित समाज निर्माणमा युवा भुमिका महत्वपूर्ण हुने र युवा नेतृत्व आजको आवश्यकता रहेको भन्दै वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका उनले बताएका छन । उनि थप्छन वडामा विकास प्रेमीको खाँचो रहेको हुँदा आफ्नो अध्यक्ष पदमा दाबी रहेको बताउने केसीले यसपटक पार्टीले आफूलाई टिकट दिए अध्यक्ष पदमा विजयी हुने उनि बताउँछन ।

तपाइँको प्रतिक्रिया ।