ताला : उद्धव प्रसाद प्याकुरेल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २६ ।

‘हैन ए ठाइँला ! तालाचाबी लिएर आइस् त !’
‘खाँचो परेर ल्याएको नि बा !’
‘कहाँ? ढुकुटीमा ?’
‘ढुकुटीमा त एक दानो अन्न भए पो तालालाउ नु र बा । ढुकुटी हेर्दै मुसा त रोइरहेका छन् ।’
‘कहाँ?कन्तुरमा?’
‘कन्तुरमा धनमाल भएपो ताला लाउनु ।फेरि त्यति सानो कन्तुर छ । चोर आयो भने पनि कन्तुरै बोकेर सजिलै लगिहाल्छ नि ।’
‘कहाँ? कोठामा ?’
‘दाइहरू रिसाएर कोठाको ढोका नै फोरिदिए । त्यहाँ पनि किन चाहियो र ?’
‘कहाँ?मूल गेटमा त ?’
‘मूल गेटको ढोका भाउजूहरूले बारीको पाटामा पुर्याई हाल्नुभयो । त्यहाँ पनि किन चाहियो र ।’
‘कहीँ नचाहिने भए कि ल्याइस् त ?’
‘बा ! हाम्रो घर लथालिङ्ग भयो ।दाइभाउजू, दिदीबहिनी भाइभतिजले घर छाडेर हिँडे । यो सबै बाको घमण्ड, अनावश्यक कचकच र तुच्छ बोलिले हो । बाको मुखमा ताला लगाउँदा सबै फर्किँन्थे र घर बलियो होला कि भनेर ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।