आसाको त्यान्द्रो : तारा केसी (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २६ ।

अप्ठ्यारोमा सम्झने तिनै माइती त हो नी । उसले ठुल्दाइ लाई सम्झि । उनको सम्पन्नतालाई सम्झि मेरो यो समस्याको हल हुन्छ सोची । दराजबाट एकजोर साधारण कुर्ता सुरूवाल झिकी । ऐना हेरी खुज्मुजीएको निधारको बिचमा रातो बाटुलो टीका लगाई र सरासर भरयाङ्गओर्लिदै ठुल्दाइको घरतर्फ लागी । दाइसँग घरको गेटमै भेटभयो ठुल्दाइले उसलाई देखेर खुशी हुँदै भने– ‘भाउजू छ घरमा बस्दै गर । म एकछिन बजार गएर आउँछु ।’भाउजु खुब गफिन थालीन् नन्द भेटेपछि । सुन चाँदी गरगहना जोडेको । लुगा कपडा किनेको । सबै कुराहरू गर्न भ्याइन् । लाउने खाने उमेर यहि त हो नीनानी ! भन्दै दराजबाट नयाँहार देखाउदै भनिन्;‘यो चार तोलाको हार यो बर्ष तिजमाबनाएको । कति पुरानो गहना लगाउनु भनेर ।तपाइको दाइलाई थाहाँ नै नदिई । अलिअलि पैसा दाइको आँखा छलेर ब्याजमा पनि लगाएको छु। यसो बेलामौकामा जोहो गर्नुपर्छ नानी !’ भाउजु भन्दैथिइन् । दाइयहि बेला झोलाभरि फलफूल र तरकारी बोकेर भित्र पसे। दाइ आएपछि भाउजूले ती कुराको प्रसंग निकालिनन् ।
आज यसरी अचानक आउनुको कारण सोध्दै भने ठुल्दाइले –‘घरतिर सबैलाई सन्चै त छ ?’
‘उसले सबै वृतान्तबताई । जग्गा पनि भन्ने बितिकै बिक्री नभएको र श्रीमानको तत्कालै अप्रसन गर्नु पर्ने हुदाँ समस्यामा परेको कुरा भनी ।’
ठुल्दाईको प्रतिक्रिया न आउदै भाउजूले भनिन्, यो बेलामा सहयोग गर्नुहुन्थ्यो नी । अस्तिमात्र भाइबुहारी बिदेश भ्रमण जाँदा पैसा हालिदिए । अहिले त आफैलाई नै अप्ठ्यारो छ ।’ झिनो आसाको त्यान्द्रो मनबाट चुटुक्क चुडालेर जुरूक्क उठी ऊ र ठुल्दाइको त्यो भब्य महल फर्केर नहेरी ओझेल परी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।