अप्रिल फुल : गम्भीर कमल (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २६ ।

‘छोरो दुर्घटनामा प¥यो ।लौ न मोहन सहयोग गर्नु प¥यो । एक लाख जति पैसा लिएर अस्पताल आउनु पर्यो ’, बिहानै उसको फोन आयो । एकाबिहानै यो खबरले छाँगाबाट खसायो । हतपत्त घरबाट निस्केँ ।

मोटरसाइकल स्टार्ट गरेर बैंक पुगेँ । एटीएमबाट पैसाझिकेर अस्पताल हुइँकिए । घडीमा सातबज्नै लागेको थियो । अस्पतालपुगेर बाल्यकालीन सहपाठी सदीक्षालाई फोन गरेँ जसले छोरो दुर्घटनाको खबर सुनाएकी थिई ।
‘कति नं कोठामा हो ?’ मैले सोधेँ एक घण्टा अघि आत्तिएर फोन गरेकी उसले हाँस्दै भनी अप्रिल
फुल । अर्कैको सिन्दुर पहिरिएर जीवनभर फुल बनाइदिएकी उसले म सोझो माथि यस्तो गम्भीर विषयमा अप्रिल फुलका नाममा भद्दा मजाक नगरेको भएहुन्थ्यो । यही सोच्दै फोन राखेर मोहन फर्कियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।