नेपाली हुँ म : त्रिलोचनआचार्य ( कविता )

नेपाली हुँ म : त्रिलोचनआचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २६ ।

नेपाली हू म चिन्दैछु, स्वार्थ्यमा कुर्लनेहरू
आमाको मुटुको टुक्रा लुछेर उफ्रनेहरू
सीमास्तम्भहरू घोच्दै घाउ लगाउनेहरू
निम्सरा हुन् भनी नाना दाउ लगाउनेहरू ।

आगो सल्काउँने गर्छन् जसले परबाट नै
भाँडो रित्याउँने गर्छन् जसले घरबाट नै
यी सबै शत्रु हुन् हुन्न कहिल्यै पुल्पुल्याउनु
आफ्नाको कामहो राम्रो बाटो तर्फ लगाउनु ।

नलागेको कतै दाग माटो चुम्न म खोज्दछु
पुर्खाको पाइलाहेर्दै बाटो हिँड्न म खोज्दछु
म खोज्छु शानका साथ चम्केका टाकुराहरू
म खोज्छु अनि स्वतन्त्र गर्जेका पाखुराहरू ।

छाती उम्लन्छ के गर्नु सुस्ताको नगरौँ कुरा
नक्साले हुन्न चाहिन्छ ती लिपु लिम्पियाधुरा
एउटै आँगनीभन्दै हाँस्दै खेल्दै रमाइयो
तर सन्त्रास त्यै दिन्छ, सीमा पर्खाल चाहियो ।

छन् लाखौँ वीरता बोक्ने सन्तति भक्तिका यहाँ
उभिने पहरा जस्तै सहस्र आँटले सदा
बुद्धि विबेकले लेख्ने स्वाभिमानी कथा नयाँ
नेपालीहुँ परे पोख्छु तातो रगत युद्धमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।