गोकर्णेश्वर नगरपालिका वडा नं ४ अध्यक्ष : को को छन नेकपा एमालेका सम्भावित दावेदारहरु ?

गोकर्णेश्वर नगरपालिका वडा नं ४ अध्यक्ष : को को छन नेकपा एमालेका सम्भावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १८।

२०७९  बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै  गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित २ सदस्य  जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

नेकपा एमालेका तर्फबाट  गोकर्णेश्वर  नगरपालिका वडा नं  ४  का वडा  अध्यक्ष  श्रीकुमार श्रेष्ठले नगर प्रमुख दावी गर्ने संकेत गरे संगै वडा नं ४ को अध्यक्ष पदमा दावी गर्न सक्ने सम्भावित नेताहरुको वारेमा चर्चा परिचर्चा सुरु भएको छ।नेकपा एमालेको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अध्यक्ष पदमा दावेदारी दिन सक्ने सम्भावित नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

 १ .राजकुमार श्रेष्ठ

नेकपा एमाले गोकर्णेश्वर नगर कमिटि सदस्य एबम वडा नं ४ का इन्चार्ज राजकुमार श्रेष्ठ आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ४ को प्रवल दावेदारका रुपमा रहेका छन ।

नेकपा एमाले साविक गोकर्ण गाउँ कमिटी र वडा कमिटीका विभिन्न जिम्मेवारीमा रहेर योगदान दिएका श्रेष्ठ सफल निर्माण व्यवसायी,गोकर्णेश्वर युवा क्लबका पुर्व अध्यक्ष एबम गोकर्ण नगर अस्पताल संचालक समितिका सदस्यका साथै  सहकारीकर्मी पनि हुन।

२ . बालकृष्ण श्रेष्ठ

नेकपा एमाले गोकर्णेश्वर ४ वडा कमिटिको अध्यक्ष एबम गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य समेत रहेका बालकृष्ण श्रेष्ठ  आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ४ को दावेदारका रुपमा रहेका छन ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा  १०६५ मत सहित वडा नं १२ को सदस्यमा निर्वाचित भएका  श्रेष्ठ लामो समयदेखी राजनीति विकास निर्माण र समाजसेवामा  सक्रिय रहदै आएका छन।

 ३. कृष्ण प्रसाद श्रेष्ठ(अनिल)

नेकपा एमाले गोकर्णेश्वर नगरपालिका  वडा नं ४ कमिटिका सचिब कृष्ण प्रसाद श्रेष्ठ (अनिल) आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ४ को दावेदारका रुपमा रहेका छन ।

गोकर्णेश्वर युवा उपकार क्लबका उपाध्यक्ष समेत रहेका कृष्ण प्रसाद श्रेष्ठ (अनिल)  राजनीति संगै सामाजिक विकासको अभियानमा पनि सक्रिय रहदै आएका छन।

४. कल्याण थापा

 नेकपा एमाले गोकर्णेश्वर नगरपालिका  वडा नं ४ कमिटिका उपसचिव कल्याण थापा आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ४ को दावेदारका रुपमा रहेका छन ।

लामो समय देखि नेकपा एमालेमा सक्रिय हुदै  विकास निर्माण र समाजसेवामा आवद्द थापा सहकारीकर्मी समेत हुन ।

तपाइँको प्रतिक्रिया ।