बुढानिलकण्ठ नगरपालिका वडा नं १२ अध्यक्ष : को को छन नेकपा एमालेका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
२०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमावडा अध्यक्ष सहित सबै सदस्य जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।
नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराईले नगर प्रमुख र कार्यपालिका सदस्य शान्ता ढकालले नगर उपप्रमुखमा दावी गर्ने संकेत गरे संगै वडा नं १२ को अध्यक्ष पदमा दावी गर्न सक्ने सम्भावित नेताहरुको वारेमा चर्चा परिचर्चा सुरु भएको छ।
नेकपा एमालेको तर्फ बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्ष पदमा दावेदारी दिन सक्ने सम्भावित नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. छन्द प्रसाद आचार्य (सिपी )
नेकपा एमाले काठमाण्डौ जिल्ला प्रतिनिधि परिषद सदस्य छन्द प्रसाद आचार्य (सिपी ) आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को प्रवल दावेदारका रुपमा रहेका छन।
विद्यार्थी आन्दोलन बाट राजनीति सुरु गरेर नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का विभिन्न कमिटीहरुमा योगदान दिएका आचार्य लामो समय देखि शिक्षा र कानुन क्षेत्रमा सक्रिय रहेका छन।
२.देवेन्द्र थापा
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य देवेन्द्र थापा पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को प्रवल दावेदारका रुपमा रहेका छन।
नेकपा एमाले बुढानिलकण्ठ -१२ का इन्चार्ज समेत रहेका थापा राजनीति संगै व्यवसाय र समाजसेवामा पनि सक्रिय रहदै आएका छन।
३. डिल्ली प्रसाद खतिवडा
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य डिल्ली प्रसाद खतिवडा पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सम्भावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा १४०० मत सहित वडा नं १२ को सदस्यमा निर्वाचित भएका खतिवडा कृषि क्षेत्रमा लामो समयदेखी सक्रिय रहदै आएका छन।
४.शंकर भट्टराई
नेकपा एमाले बुढानिलकण्ठ वडा नं १२ कमिटीका अध्यक्ष शंकर भट्टराई पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सम्भावित दावेदारका रुपमा रहेका छन।
नेकपा एमाले साविक कपन गाउँ कमिटी र वडा कमिटीका विभिन्न जिम्मेवारीमा रहेर योगदान दिएका भट्टराई राजनीति संगै सामाजसेवाको क्षेत्रमा पनि सक्रिय रहेका छन।
५. बिष्णु भट्टराई
नेकपा एमाले बुढानिलकण्ठ वडा नं १२ कमिटीका बिष्णु भट्टराई पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सम्भावित दावेदारका रुपमा रहेका छन।
विद्यार्थी राजनीति समय देखिनै नेकपा एमालेमा सक्रिय रहेका भट्टराई राजनीति संगै विभिन्न सामाजिक अभियानमा पनि सक्रिय रहेका छन।
६. मिना बयलकोटी
नेकपा एमाले बुढानिलकण्ठ वडा नं १२ कमिटीकी उपसचिव मिना बयलकोटी पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सम्भावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा १३७८ मत सहित वडा नं १२ को सदस्यमा निर्वाचित भएकी बयलकोटी सक्रिय जनप्रतिनिधिका रुपमा परिचित छन।