बुढानिलकण्ठमा नेकपा एमालेको पुनरागमन : अध्यक्ष प्रदिप डंगोलले देखेका पाँच प्रमुख आधार

बुढानिलकण्ठमा नेकपा एमालेको पुनरागमन : अध्यक्ष प्रदिप डंगोलले देखेका पाँच प्रमुख आधार

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरु घोषणा पत्र / प्रतिज्ञा पत्र / प्रतिवद्धता पत्र निर्माण संगै उम्मेदवारहरुको छनौटमा व्यस्त रहेका छन।

बुढानिलकण्ठ नगरपालिकाका राजनीतिक दलहरु पनि अहिले उम्मेदवार चयन र आगमी रणनीति तय गर्न निकै व्यस्त रहेका छन। यस नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केहि वडामा उम्मेदवार सर्वसम्मत सिफरिस गरिसकेको छन  भने नेकपा एमालेले चैत्र मसान्त सम्म उम्मेदवार टुंग्याउने तयारी गरेको छ।

स्थानीय तहको निर्वाचन आउन ४१ दिन बाँकी हुँदा बुढानिलकण्ठ नगरपालिकाका राजनीतिक पार्टीका प्रमुखहरु संग जित्ने पाँच प्रमुख आधारहरुका वारेमा कपन अनलाइनले कुराकानी गरेको छ।

बुढानिलकण्ठ नगरपालिकामा नगर प्रमुख, उपप्रमुख ,११ वटा वडा अध्यक्ष सहित प्रचण्ड बहुमत सहित सदस्य जितेको नेकपा एमालेका नगर कमिटी अध्यक्ष प्रदिप डंगोललाई कपन अनलाइनको प्रश्न थियो  तपाईको पार्टीले पुनरागमन गर्ने पाँच आधारहरु के के हुन् ?

नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल भन्छन :

बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमाले सानदार रुपमा फेरी नगरपालिकाको नेतृत्व गर्नेछ। २०७४ सालमा जनता संग गरेका प्रतिवद्धता र बाचाहरुलाई पुरा गरेको छ। स्थनीय तहको निर्वाचन जित्ने हाम्रो  पार्टीका प्रमुख आधारहरु यो रहेका छन।

१. पाँच वर्षमा गरेका जनप्रिय कामहरु  

२०७४ सालमा बुढानिलकण्ठ नगरपालिकाका जनताको अपार माया पाएर जेष्ठ १० गते पदभार गरेका जनप्रतिनिधिहरुले गरेका लोकप्रिय कामहरु हाम्रो पार्टीलाई जनताले माया गर्ने प्रमुख आधार हो।

केहि समय अगाडी सम्म उपत्यकाको केन्द्र बाट बुढानिलकण्ठ आउन घण्टा समय लाग्थ्यो भने अहिले १५ मिनेटमा सुन्दर नगरपालिका छिर्न सकिन्छ। त्यो पूर्वाधार विकासको नेतृत्व गरेको नेकपा एमाले ति सबै कामहरुको विस्तृत विवरण सहित जनताको माझमा जानेछ।

बुढानिलकण्ठ – चंडेश्वरी  धोवीखोला कोरिडोर,बाँसबारी-बुढानिलकण्ठ,हात्तीगौडा-टोखा,चुनिखेल-जगडोल,बुढानिलकण्ठ-तारेभिर संगै सयौ सडकको यात्रा गरेर आउने सबैले पक्कै चार दर्जन बढी पार्कहरु देख्नेछन भने नगरपालिकाका वडा अध्यक्षहरुले भाडाका भवनमा पदबहाली गर्नु पर्ने छैन ,यो कुरा   जनताले त् झन् राम्रो संग बुझेकाछन,नबुझ्नु भएकाहरुलाई बुझाउने छौ ।

माथिका त् केहि कामहरुको प्रतीकात्मक उदाहरण मात्र हो  भौतिक पूर्वाधार विकासमा बुढानिलकण्ठ निकै फड्को मारिसकेको  अवको निर्वाचनमा नेकपा एमालेलाई  बुढानिलकण्ठको  नेतृत्व गर्ने मौका नगरवासीले दिनुभयो भने आर्थिक,भौतिक,सांस्कृतिक,सामाजिक ,शैक्षिक र खेलको माध्यम बाट  “ब्युटिफुल बुढानिलकण्ठ” बनाउने छौ।

२. शशक्त संगठन र बलियो जनाधार 

बुढानिलकण्ठ नगर कमिटीले पहिलो प्राथमिकतामा संगठन विस्तार र परिचालनलाई राखेको छ। १३ वटै वडामा सर्वसम्मत वडा कमिटी चयन पश्चात हामीले १०० भन्दा बढी टोल कमिटीहरु निर्माण गरिसकेका छौ। त्यो संगै सबै जनसंगगठन हरुको अधिवेसन ,गठन र भेला सकेर सबै वडामा स्थनीय तह निर्वाचन केन्द्रित प्रशिक्षणहरु संचालन गरिसकेका छौ।

हरेक टोल टोलमा पुगेर जनताहरु संग गरेको अन्तरक्रिया र छलफलहरुमा देखिएको उर्जाले हाम्रो बलियो जनाधार अझ सक्रिय बनेको छ। यसले हामीलाई उत्साहित र प्रेरित गरेको छ।

३.मुद्दा र प्रतिवद्धता 

नेकपा एमालेले २०७४ सालको निर्वाचनमा गरेका प्रतिवद्धताहरु पुरा गरेको छ। यो कुरा मैले भन्दा राजनीतिक दावी जस्तो लाग्ला तर टोल गल्लि सम्म पुगेर नेकपा एमाले बाट विजयी भएका जनप्रतिनिधिहरुले गरेका कामले यसलाई प्रस्ट देखाउछ।

आइतवारे पार्कले परिवर्तन गरेको चिसेनी होस् कि कालिका पार्कले बनाएको सुन्दरटार, आफ्नै खानेपानीका मुहान बाट झरेको पानी घर घरमा पुर्याउने भनेर गरेको बाचा पुरा गरेका छौ। हामीले पुरा गरेका बाचा र प्रतिवद्धताहरुको पूर्ण विवरण केहि दिनमा न्ने जनताको हात हातमा पुर्याउने तयारीमा छौ।

४. ” समृद्ध नेपाल सुखी नेपाली”

नेकपा एमालेले अगाडी सरेको ” समृद्ध नेपाल सुखी नेपाली” को रास्ट्रिय आकांक्षालाई पुरा गर्न पनि स्थानीय तहमा नेकपाले जित्नु पर्नेछ। नेकपा एमाले बुढानिलकण्ठ यहि नारालाई नगरको सपना बनाउने छ।

यहि नाराका जगमा समृद्ध बुढानिलकण्ठ सुखी नगरवासी भन्ने मूल मन्त्रलाई समातेर हाम्रा सम्पूर्ण ध्यानहरु लगाउने छौ। काठमाण्डौ उपत्यकाका नगरकोट,फुलचोकी ,चन्द्रागिरी र नागार्जुन जस्तै शिवपुरी पर्वत शृंखलालाई अव सबैले एक पटक पुग्ने पर्ने गन्तव्य बनाउन यहि नाराका साथमा जनताको माझमा जानेछौ।

५.अग्रजहरुको पसिना र हाम्रो  सपना 

राजनीतिक परिवर्तन संगै क्षेत्रहरु पनि परिवर्तन भए पनि बुढानिलकण्ठ नगरपालिका बन्दा समेटिएका छ वडा साविकका गाविसमा २०५४ सालमा  नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका थिए।

ति कर्मशील अग्रजहरुले सुरु गरेको नगर विकासको अभियानलाई २०७४ मा निर्वाचित जनप्रतिनिधिहरुले करिव अन्तिम चरणमा पुर्याउनु भएको छ।

अवको निर्वाचनमा ति अग्रजहरुको अनुभवको शक्तिमा हामीले देखेका सपनाहरुको वारेमा जनता विच छलफल चलाउने छौ। बुढानिलकण्ठ विकासका लागि नेकपा एमालेले देखेका सपनाहरु पनि हाम्रो पुनरागमनमा महत्वपूर्ण हुनेछन। हाम्रा सपनाहरुलाई जनताको सपना बनाउन चाडै टोल टोलमा पुग्दै छौ।

( बुढानिलकण्ठ नगरपालिकाका राजनीतिक दलका प्रमुखहरुको धारणा क्रमस प्रस्तुत गर्दै लानेछौ ….)

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।