नेपालको सबैभन्दा अग्लो बुद्धको मुर्ती निर्माण हुने
कपन अनलाइन
काठमाडौं, चैत्र २ । नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले रुखबाट झरेका पात पतिगंरबाट पशुपन्छीले खाने दाना उत्पादन गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै केन्द्रले विभिन्न क्षेत्रमा छरिएका पातपतिगंरबाट गाई, कुखुरा र बाख्राले खाने दाना बनाएको जानकारी दिएको हो ।
केन्द्रलाई संस्थागत गर्न विभिन्न क्षेत्रसँग सम्बन्धित छरिएर बसेका भएपनि समाजका कृषि, वैकल्पिक उर्जा, वातावरण, स्वास्थ्य जडिबुटी तथा सामाजिक विज्ञानअन्तर्गत धार्मिक, पर्यटन, फोहोरमैला व्यवस्थापन, अपाङ्गता भएकाहरुको लागि नयाँ प्रविधिको खोजीलगायत विभिन्न अनुसन्धानात्मक गतिविधिमार्फत राज्यलाई समुन्नत गराउन प्राकृतिक स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्न सक्रिय भइरहेकोसमेत जानकारी दिएको हो ।
त्यस्तै, नागार्जुन नगरपालिका वडा नं. ७ स्थित झाँक्रीवास सामुदायिक वनमा करिव ४२ फिट लामो ३ फिट चौडा र २.५ फिट मोटाइ भएको कालो ढुङ्गालाई ७०० मिटर माथि तानेर स्थानीय गुरुङ डाँडामा लगेर ३० फिटको उभिएको मैत्रेय बुद्ध भनिएतापनि धार्मिक गुरुको सुझावअनुसार अभय मुद्राको बुद्ध भगवानको प्रस्थर मूर्ति निर्माण गर्न लागेको समेत केन्द्रले उल्लेख गरेको छ ।
केन्द्रले मूर्तिकार नोल्जामा आर्टस्का प्रमुख तथा अभयमुद्रा मूर्ति व्यवस्थापन समितिका सदस्य रवि शाक्यसँग सम्झौता भई श्रोत जुटाउँदै मूर्ति निर्माण कार्य अघि बढिरहेको समेत बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै युनेस्कोका उप महासचिव डा.बाबुराम अधिकारीले युनेस्कोले विज्ञान, शिक्षालगायत ७ वटा कार्यक्रम गर्ने गरेको उल्लेख गर्दै केन्द्रको यो कार्यक्रमपनि परेको बताए । उनले झर्न लागेका र खेर गएका पातहरु संकलन गरेर दानाको रुपमा पशुपन्छीहरुलाई खुवाउन सफल भएको भन्दै वैज्ञानिक रमेश दाहाललाई धन्यवाद दिए ।
उनले भने,‘झर्न लागेका र खेर गएका पातहरु संकलन गरेर दानाको रुपमा पशुपन्छीहरुलाई खुवाए, त्यसको असर कतै परेको छैन् ।’ वैज्ञानिक दाहालको कामलाई नार्कले पनि सहयोग गरको उनले उल्लेख गरे । डा. अधिकारीले केन्द्रले ११÷१२ विरुवाका पातहरुबाट चार चरणमा ल्याएर विभिन्न पन्छाीलाई दाना बनाएको भन्दै खुशी व्यक्त गरे । धेरै मेहेनेत गरेकोमा केन्द्रको प्रंशसा पनि गरे । भोलिको दिनमा केन्द्रको यस काम अन्तर्राष्ट्रियस्तरमा पनि जानसक्ने धारणा राखे ।
पशु आहार नार्कका वैज्ञानिक अधिकृत बिमला शाहले नेपाल विज्ञान तथा प्रविधी अनुसन्धान केन्द्रको दाना बनाउने कार्यको खुलेर प्रशंसा गरिन् । पुर्ण रुपमा सक्षम व्यक्तिले आँट गर्न नसकेको काम एउटा अपांग व्यक्तिले गरेको भन्दै उनले यसबाट फाइदा धेरै हुनेसमेत जिकिर गरिन् ।
केन्द्र र दाहालको कामलाई सबै सम्बन्धित निकायले सहयोग गर्दै जाने हो भने साना देखि ठुला किसानहरुलाई पनि ठुलो राहत मिल्ने उनको भनाई थियो ।
त्यस्तै, पशु विज्ञ वसन्तकुमार श्रेष्ठले कुखुरा, बाख्रा र गाईले पनि खाने दाना रुखका पात पतिगंरबाट बनाएको भन्दै खुशी व्यक्त गरे । दानामा अझै पोषणतत्व बढाएर दानाको अभावमा पशुहरुलाई खुवाउन सक्ने बताए । उनले भने,‘यसमा लागत कम गरेर बढी उत्पादन लिन सकिन्छ । अझै उहाँहरुको कामलाई प्रश्रय दिनुपर्छ ।’
विज्ञान मन्त्रालयका सचिव प्रमिला शाक्य बज्राचार्यले खेर गइरहेको पात पतिंगरबाट दाना उत्पादन गरेर निकै सह्रायिन काम केन्द्रले गरेको बताइन् । ‘खेर गएको पात पतिगंरलाई प्रयोग गरेर सफल रिजल्ट ल्याउन सकेकोमा म निकै खुशी भएको छु ।
अब यसलाई प्राथमिकता दिन पर्छ ।’ पातलाई पशुको खाद्यान्यको रुपमा प्रयोग गर्न सकिने दाहालले पत्ता लगाएपनि अब यसको लागि सबै मिलेर अगाढी बढाउन पर्नेमा जोड दिइन् ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले केन्द्रका वैज्ञानिक रमेश दाहालले विश्व ब्रह्माण्डलाई देखेर समदृष्टि राखेको बताए । ‘हिन्दु धर्मको भाषामा कलियुग नराम्रो युग हो र बृद्ध धर्मको भाषामा यो भद्र युग हो, यसमा भद्र कल्प हुन्छ ।’ उनले भने,‘बृद्धका अनेक किसिमका मुर्ति भएपनि नागार्जुन रामकोटमा स्थापना गर्न लागेको मनोलिथि बुद्धको मुर्ति हो ।’
उक्त बुद्धको मुर्ति भविष्यको आकारमा रहेको भन्दै भविष्य व्याकरण मुर्ति भएकोसमेत गुरुङले जिकिर गरे । भविष्य व्याकरण मुर्तिलाई स्थापना गर्न खोजेको उनले सुनाए । अन्वेषकहरु उक्त मुर्तिको विश्लेषण र अध्ययन गर्न जानेसमेत उनले विश्वास व्यक्त गरे । उनले भने,‘यो बुद्धको मुर्तिले नेपालको मात्र नभएर बौद्ध जगतकै ईज्जत बढाउनेछ ।’ बुद्धको मुर्तिलाई ध्यान केन्द्र र पिकनिक स्पोर्टको रुपमा स्थापित गर्न खोजिएको पनि उनले सुनाए । उनले आफुहरु एउटै ढुंगाको मुर्तिलाई विभिन्न विषयमा अध्ययन गर्न सकिने बनाउन लागिपरेको बताए । मुर्तिले उक्त स्थानको आर्थिकस्तर समेत बृद्धि गर्ने र नेपालकै शान हुनेपनि उनले जिकिर गरे ।
वैज्ञानिक तथा केन्द्रका अध्यक्ष रमेशप्रसाद दाहालले आफुहरुले निर्माण गर्न लागेको मुर्ति नेपालकै प्रतिष्ठित बुद्धका मुर्तिको रुपमा चिनाउने खोजेको बताए । स्थानीय वनस्पतिबाट पशु आहार बनाइएको र २÷३ वर्षपछि विदेशबाट कोदो र मकै पनि आयात नगर्ने वातावरण बनाउने उनको विश्वास थियो ।