वडा नं १४ का अध्यक्ष सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

वडा नं १४ का अध्यक्ष सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

कपन अनलाइन
काठमाडौं,  चैत्र २ ।

वीरगञ्ज महानगरपालिका-१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मीसहित ६ जनाले राजस्व हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिसलगायतका अन्य सिफारिसबापतको राजस्व रकम हिनामिना गरेको आरोपसहित उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

अख्तियारले वडाध्यक्ष कुर्मी, वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी, सञ्जयकुमार पटेल र कार्यालय सहयोगी जितेन्द्रकुमार कुर्मीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

चौहद्दी प्रमाणित, घरबाटो सिफारिस, विवाह दर्ता, मृत्यु दर्तालगायतका सिफारिसमा एकभन्दा बढी चलानी गरेको, चलानी नगरी, लिनुपर्ने राजस्व रकम नलिई, लिनुपर्ने भन्दा घटी/बढी राजस्व रकम लिई तथा आम्दानी रसिद नकाटी आर्थिक अनियमितता गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।