तारकेश्वर नगरपालिका प्रमुख : को को छन नेकपा एमालेका सम्भावित दावेदारहरु ?

तारकेश्वर नगरपालिका प्रमुख : को को छन नेकपा एमालेका सम्भावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २ ।

बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले तारकेश्वर नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख,उपप्रमुख सहित धेरै वटा वडाहरुमा जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा नगर प्रमुखको पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

सबै शाखा र नगर कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट नगर प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१.रामेश्वर बोहोरा  

नेकपा एमालेका  बागमती प्रदेस कमिटी सदस्य रामेश्वर बोहोरा यस पटक पनि नगर प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ९३२६  मत सहित  नगरपालिकाको प्रमुखमा निर्वाचित बनेका बोहोरा  लामो समय देखि राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय रहदै आएका छन।

२. श्याम घिमिरे “किरण”

नेकपा एमालेका  बागमती प्रदेस कमिटी सदस्य श्याम घिमिरे पनि आसन्न स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिका प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।

काठमाण्डौ जिल्लाको बामपन्थी आन्दोलनमा संगठन र सांस्कृतिक उत्थानका विभिन्न गतिविधिमा सक्रिय रहेका घिमिरेले विभिन्न सामाजिक क्षेत्र र अभियानमा पनि योगदान दिएका छन।

३.भानु डोटेल ( भवानी )

२०७४ सालको स्थानीय तहको निर्वाचनमा १०३३७  मत सहित तारकेश्वर नगरपालिकाको उपप्रमुखमा निर्वाचित डोटेल आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सम्भावित नगर प्रमुख पदको दावेदार हुन्।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेकी डोटेल  लामो समय देखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा सक्रिय रहेकी छन।

४ .लेखनाथ फुँयाल 

नेकपा एमालेका नेता लेखनाथ फुँयाल पनि आसन्न स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिका प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।

काठमाण्डौ जिल्लाको बामपन्थी आन्दोलनमा लामो समय देखि  सक्रिय रहेका फुँयालले विभिन्न सामाजिक क्षेत्र र अभियानमा पनि योगदान दिएका छन।

५.मनोज कुमार घिमिरे 

तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष मनोज कुमार घिमिरे पनि आसन्न स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिका प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।

लामो समय देखि शिक्षा क्षेत्रमा सक्रिय रहेका घिमिरेले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ९०४ वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए।

 ६.बलराम सिटौला 

तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष बलराम सिटौला पनि आसन्न स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिका प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ४५७ मत सहित वडा अध्यक्ष पदमा निर्वाचित भएका सिटौला नगरपालिकाका कान्छा वडा अध्यक्ष हुन्।

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।