काठमाण्डौको राजनीतिमा बुढानिलकण्ठको प्रभावशाली उपस्थिति ..

काठमाण्डौको राजनीतिमा बुढानिलकण्ठको प्रभावशाली उपस्थिति ..

कपन अनलाइन

काठमाण्डौ ,माघ ५।

काठमाण्डौ जिल्लाको राजनीतिमा बुढानिलकण्ठको प्रभावशाली उपस्थिति देखिएको छ। पछिल्लो समय भएका विभिन्न राजनीतिक दलका अधिवेसन र भेलाबाट बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडामा स्थायी बसोवास भएका धेरै नेताहरु काठमाण्डौको  नेतृत्वदावी  पदमा पुगेका छन।

२०७१ साल मंगसिर १६ गते बुढानिलकण्ठ नगरपालिका बन्नु भन्दा अगाडी साविकका विभिन्न गाविसको भूगोलबाट राजनीति शुरु गरेका यी नेताहरु अहिले राजनीतक दलको काठमाण्डौ जिल्ला कमिटीका विभिन्न पदमा निर्वाचित र चयन भएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का दिपक निरौला नेकपा एमालेको काठमाण्डौ जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भएका छन भने वडा नं ९ का कुसुम कुमार कार्की नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षमा चयन भएका छन।

त्यस्तै नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा वडा नं ७ का गोकर्ण केसी जिल्ला समितीको उपसभापतिमा निर्वाचित भएका छन भने वडा नं २ का इन्द्र बहादुर थापा जिल्ला समितीको सचिवमा निर्वाचित भएका छन।

काठमाण्डौ जिल्लाको नेतृत्वमा रहेका बुढानिलकण्ठका नेताहरु :

१.दीपक निरौला 

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का स्थायी बासिन्दा रहेका निरौला नेकपा एमाले काठमाण्डौको छैटौ जिल्ला अधिवेसनबाट अध्यक्षमा निर्वाचित भएका छन।

कृष्ण गोपाल श्रेष्ठ,सानु श्रेष्ठ,रामेश्वर फुँयाल,निर्मल कुइकेल र कृष्ण राई पछि  छैटौ जिल्ला अधिवेसनबाट नेकपा एमाले काठमाण्डौको छैटौ अध्यक्ष बनेका निरौलाले साविक खड्का भद्रकाली गाविसबाट भूगोलको राजनीति सुरु गरेका थिए।

लामो समय विद्यार्थी राजनीतिमा बिताएका निरौला काठमाण्डौ क्षेत्र नं ५ ( २ ) बाट बागमती प्रदेस सभा सदस्यमा निर्वाचित प्रदेस सभा सदस्य हुन।

२. कुसुम कुमार कार्की  

बुढानिलकण्ठ नगरपालिका वडा नं ९  का स्थायी बासिन्दा रहेका कार्की नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षमा चयन भएका छन।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट काठमाण्डौ क्षेत्र ४ (२ ) बाट बागमती प्रदेसको प्रदेस सभामा निर्वाचित भएका कार्की २०४९ र २०५४ सालमा साविक महांकाल गाविसको क्रमस उपाध्यक्ष र अध्यक्ष रहिसकेका छन।

३. गोकर्ण केसी 

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का स्थायी बासिन्दा रहेका केसी नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा नेपाली कांग्रेस काठमाण्डौ जिल्ला समितीको उपसभापतिमा निर्वाचित भएका छन।

यस अघि नेपाली कांग्रेस बुढानिलकण्ठ नगर समितीको उपसभापति रहेका केसी लामो समय देखि बुढानिलकण्ठको राजनीतिमा सक्रिय रहेका छन ।

४. इन्द्र बहादुर थापा  

बुढानिलकण्ठ नगरपालिका वडा नं २  का स्थायी बासिन्दा रहेका थापा नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा नेपाली कांग्रेस काठमाण्डौ जिल्ला समितीको सचिवमा  निर्वाचित भएका छन।

साविक चपली गाविसबाट राजनीति सुरु गरेर बुढानिलकण्ठ नगरपालिकाको राजनीतिमा सक्रिय रहेका थापा २०५४ सालको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्षको उम्मेदवार समेत रहेका थिए।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।