गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा बिदाई

गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा बिदाई

कपन अनलाइन

काठमाडौँ, माघ ५ । गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा  एक कार्यक्रमका बीच   सामाजिक दुरी कायम गर्दै  सरुवा भइ जाने प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यलाइ  बिदाइ गरिएको छ भने उनको ठाउमा नया आएका प्रमुख प्रशासकीय अधिकृत  बैकुण्ठ सापकोटाको नगर प्रमुख शन्तोष चालिसे ,उप प्रमुख शान्ती नेपाल ,शिक्षा शाखा प्रमुख विजय आचार्य , वडा अध्यक्षहरु र कर्मचारीहरु लगायतले  स्वागत गरेका थिए ।

बिदाइ हुने प्रमुख प्रशासकीय अधिकृत  राम प्रसाद आचार्यको जिल्ला समन्वय समिति रसुवामा सरुवा भएको छ भने नया आएका प्रमुख प्रशासकीय अधिकृत  बैकुण्ठ सापकोटा मध्य बिन्दु नगरपालिका लमजुङ मा रहेर काम गरेका थिए ।नगर प्रमुख चालिसेले बिदाइ हुने प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य र नया आएका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटालाइ    नेपाली ढाका टोपी  ,डायरी सहित  मायाको चिनो द्वारा स्वागत तथा बिदाइ गरेका थिए । कार्यक्रम संचालन  नगरपालिकाका प्रसाशन प्रमुख टंकनाथ घिमिरेले गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले जनप्रतिनिधिहरूको सपना पूरा गर्ने कुरामा प्रमुख प्रशासकीय अधिकृतको ठूलो भूमिका हुने बताउँदै प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहँदा आचार्यले गरेका कामको प्रशंसा गरेका थिए ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत  बैकुण्ठ सापकोटा बाट पनि विकासका गतिमा पूर्ण सहयोग रहने विश्वास नगर प्रमुख चालिसेले ब्यक्त गरेका थिए । उनले कर्मचारी र जनप्रतिनिधी बिच समन्वय र सहकार्य गर्दै कुशलता पुर्वक जनताका काम प्रभावकारी ढंगले सम्पादन गर्न नयाँ प्रमुख प्रशासकीय अधिकृत सापकोटालाइ आग्रह गरेका थिए भने  सरुवा भई जाने प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यको  आगामी दिनको यात्रा सुखद  र सफलताको शुभकामना सहित बिदाइ  गरेका थिए। नगर उप प्रमुख शान्ती नेपालले जनचाहना अनुरूप काम गर्ने वातावरण निर्माण हुनेमा बिश्वास ब्यक्त गर्दै नगरको विकासमा सबै पक्षको सहयोग आवश्यक रहेको बताइन । उनले नया आएका र बिदाइ हुने दुवै प्रशासकीय अधिकृतको आगामी यात्रा सहज र शुखद होस् भन्ने शुभकामना ब्यक्त गरेकी थिइन् ।

हालै सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले  जनप्रतिनिधिको गतिमा नै काम गर्न प्रयास गर्ने प्रतिवद्धता जनाए। उनले त्यसको लागि सबै पक्षको सहयोग आवश्यक भएको बताएका थिए । कार्यक्रममा बोल्दै सरुवा भई जाने प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले सबै जनप्रतिनिधि शाखा प्रमुख कर्मचारीलाइ आफु रहंदा बखत राम्रो सहयोगीपूर्ण काम गरेकोमा प्रशंसा गरेका थिए। आफु रहदाको बखत राम्रो र सहयोगीपुर्वक काम गरेकोमा सबै जनप्रतिनिधि र कर्मचारीहरुलाइ धन्यवाद दिदै नगरपालिकामा  रहदाको सम्झना सधै स्मरणीय रहेको बताएका थिए।

उनले आफ्नो कुनै पनि बेला आवश्यक परेको खण्डमा सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको बताए। विषम परिस्थितिमा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटालाइ कोरोना जोखिम न्यूनीकरण, योजना निर्माणका साथै सबै पक्षलाइ समेटर अगाडी बढ्ने बातावरण सिर्जना गर्नुपर्ने मुख्य चुनौती रहेको छ ।

तपाइँको प्रतिक्रिया ।