बाबा गोकर्णेश्वर यातायात अटो प्रा. लि को अध्यक्षमा भिम बहादुर बस्नेत, को को बने पदाधिकारी ?

बाबा गोकर्णेश्वर यातायात अटो प्रा. लि को अध्यक्षमा भिम बहादुर बस्नेत, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाडौँ, माघ ५ । बाबा गोकर्णेश्वर यातायात अटो प्रा. लि को अध्यक्षमा भिम बहादुर बस्नेत निर्वाचित भएका छन ।पौष ३० गते शुक्रबार शंखरापुर होटल जहरसिंह पौवामा भएको  संस्थाको छैठो बार्षिक साधारण सभा एबम तेस्रो अधिबेसन २०७८ ले बस्नेतलाइ सर्वसम्मत रुपमा अध्यक्षको रुपमा निर्वाचित गरेको हो ।त्यसै गरि संस्थाको बरिष्ठ उपाध्यक्षमा भिष्म बिक्रम रायमाझी, सचिवमा रोशनबाबु श्रेष्ठ, कोषाध्यक्षमा पदम राज सुवेदी, संचालक सदस्यमा डबल तामाङ, रुद्र बहादुर कार्की, ओङग्दी शेर्पा,त्यसैगरि सल्लाहकार सदस्यमा बलराम खड्का निर्वाचित भएको सचिव रोशन बाबु श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष भरत तिमिल्सिना,   सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष नीर कुमार कार्की  सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका  महासचिव भरत नेपाल ,

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका उप  महासचिव भरत नेपाल केशब नेपाल, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका  सचिव महेश्वर महर्जन,  सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका  सचिव अरुण श्रेष्ठ, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका  कोषाध्यक्ष धर्मराज रिमाल लगायत  यातायात क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।