नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीले मतदातालाइ धन्यबाद दिए

कपन अनलाइन

काठमाडौँ, पौष १४। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार हरिबोल भण्डारीले चियापान संगै धन्यबाद ज्ञापन कार्यक्रम सम्पन्न गरेका छन। मंगलबार गोकर्णेश्वर जोरपाटी स्थित पिस ब्यान्केटमा उनले  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रतक्ष्य र  अप्रतक्ष्य रुपमा सहयोग गर्ने व्यक्तित्वहरुलाई धन्यबाद ज्ञापन गरेका हुन।

उक्त  कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, शशांक कोईराला, नव निर्वाचित केन्द्रीय सदस्य अम्बिका बस्नेत, केन्द्रीय सह महामन्त्रीका प्रत्यासी बद्री पाण्डे, वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि लगायत काठमाडौं क्षेत्र नं. ३ का नेता,  तथा कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेपाली कांग्रेस कार्यसमिति सदस्यमा उमेदवारी  दिएका हरिबोल भण्डारीले आफु पराजित भए पनि महाधिबेसनमा  प्राप्त गरेको मत र  समर्थनले अझ बढी उत्साहित भएको बताएका छन ।  भण्डारीले  खर्स आर्य समूहवाट नेपाली कांग्रेस कार्यसमिति सदस्यमा उमेदवारी  दिएका थिए। उनले  १५९३ मत प्राप्त गरेका थिए ।

मतदातालाइ धन्यबाद दिदै आफू  हारेको होइन, थाकेको पनि छैन भन्दै विपी विचारको शस्त्र बोकेको यो सिपाही न हारेको छ न थाकेको छ अझ वढी उत्साहित बनेको  बताएका छन ।,जुन विश्वास आर्जन गरें त्यसका लागि कृतज्ञ  रहेको जति गर्न सकिन त्यसका लागि कृयाशील रहने  बताउदै साथीहरु संगै काँग्रेसी कर्ममा निरन्तर लागिरहने पुन: प्रण गर्दै आभार ब्यक्त गरेका छन।

तपाइँको प्रतिक्रिया ।