प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान

प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान

कपन अनलाइन

काठमाण्डौ ,पौष १४।

शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।  आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो । सबैभन्दा बढी काेटा खुलामा ७ हजार २०३ रहेकाे छ ।

याेग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयाेगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेकाे छ ।

 

तपाइँको प्रतिक्रिया ।