नागार्जुन नगरपालिका वडा नं २ को नव निर्मित कार्यलय भवन उद्घाटन हुने

कपन अनलाइन

काठमाडौं पौष १४।  नागार्जुन नगरपालिका वडा नं २ को नव निर्मित कार्यलय भवन उद्घाटन हुने भएको छ। नगर प्रमुख मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा २०७८ साल पौष १७ गते शनिबार बिहान ८ बजे उक्त भवनको उद्घाटन हुने भएको हुँदा  सम्पूर्ण वडाबासीहरुलाई कार्यक्रममा उपस्थिति हुनको लागि नगर प्रवक्ता समेत रहेका  वडा अध्यक्ष  थुमराज केसीले अनुरोध गरेका छन।

 करिब एक  करोडको भन्दा बढीको लागतमा निर्माण भएको उक्त  भवन नागार्जुन नगरपालिकाले निर्माण गरेको  पहिलो  भवन हो। जुन अपाङ्ग मैत्री हुनुको साथै सुबिधा सम्पन्न रहेको छ ।  जस बाट गुणस्तरीय सेवा प्रदान गरिने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।