हिजो र आज : अञ्जु चालिसे ( बोधकथा )

हिजो र आज : अञ्जु चालिसे ( बोधकथा )

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १८ ।

बुबाले परेवा पाल्नुभयो, केहि दिनमा उडेर गयो ।
फेरी सुँगा पाल्नुभयो, फेरी उडेर गयो, अन्त्यमा रुख रोप्नु– भयो ।
हेर्दा हेर्दै परेवा पनी फर्केर आयो, सुँगा पनी फर्केर आयो
छोराले भुजिया घरमा लिएर आयो । उसको साथि रामले लिएर गयो । भोलिपल्ट आलुचीप्स लिएर आयो । त्यो पनी अर्को साथी हरीले लिएर गयो ।
अन्त्यमा जब दारु लीएर आयो । हेर्दा हेर्दै दुबै साथी भुजिया र आलुचीप्स साथै लिएर फर्की आए ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।