कविताको मूल्य : शीतल गिरी

कविताको मूल्य : शीतल गिरी

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १८ ।

विम्व कवि रमेश श्रेष्ठले एकल कविता वाचन पोखरा र काठमाडौंमा सम्पन्न गरिसकेका
छन् । उनका कविता अति मन पर्छ मलाई ।
उनले बनाएका चित्रहरू सधै हेरू हेरू जस्तो लाग्छ मलाई । प्रेम, पीडा र दुःख मिसिएको पाउने गरेको छु कविता र चित्रमा । उनको कविता वाचन शैली पनि वेजोडको छ । प्रस्तुति सुनिसकेपछि उनका कविता पढ्नवस्ता त्यही वाचनशैली याद आँउछ ।
कतै नअड्की, शब्द र वाक्यांश वाचन गर्दा आरोह अबरोह मिलाएर, दुई वाक्यांशवीचको विश्रामलाई वडो महत्व दिएर कवितावाचन गर्दा रहेछन् । रमेश श्रेष्ठ पोखराको माटोमा हुर्किएर शसक्त कविको रूपमा आपूmलाई उभ्याउदा पोखराको गौरबलाई अझै गर्विलो बनाए । मानिस आफ्नै क्षमता र व्यवहारले सानो ठूलो बन्दछ, खुसी र उदास हुन्छ, सम्मान र तिरस्कार पाँउछ । गाह्रो कुरा हो विश्वास प्राप्त गर्नु र प्रायशः मानिसहरू लालायित पनि हुने गरेको छन् ।
हो, केही थाहा पाएर पनि भिन्न प्रकृति, प्रवृतिका पाइएका छन् । या त स्व प्रतिष्ठामा रमेका छन्, खहरे झैं स्वाट्ट बढारिएका छन् । कला र साहित्यको माध्यमले रमेश श्रेष्ठले आपूmलाई चिनाउदै, सफल बन्न पुगेका छन् ।
चिनिएका तर मैले राम्ररि चिन्न नपाउका कवि रमेश श्रेष्ठलाई उनको आमन्त्रणमा उनकै घरमा एकरात विताउँदा उनको व्यक्तित्व, विचार, कविता र चित्रसंग संगत गर्ने संयोग मिल्यो । २०६३÷२०६४ सालमै हजार रुपियाको टिकटमा वाचित कविता सुन्न आउँनेहरूको संख्या कम थिएन । कवि र कविताको उपेक्षा गर्ने÷गरिने यो समयमा टिकट सो मा त्यो पनि रु.१०००।– को टिकट काटेर आउनेको जमात देख्दा मलाई लाग्यो—रमेश श्रेष्ठले मानिस कमाएका रहेछन् पोखरामा । कविता सुन्नु त्यो पनि टिकट काटेर अनुचित ठान्नेको जमात धेरै छ हाम्रो समाजमा । मलाई पनि लागेको थियो टिकट काटेर कविता सुन्ने जमात पक्कै धेरै छैन । तर मेरो सोच गलत रहेछ । मानिस कमाइएको छ, कवितामा शक्ति छ र वाचन शैली आकर्षक छ भने टिकट काटेर कविता सुन्ने स्रोताको कमि हुदोरहेनछ ।
रमेश श्रेष्ठले एकल कविता वाचनबाट प्राप्त रकम वृद्धाश्रममा दिएर समाजमा अनुकरणीय कार्य गरे । निस्वार्थ समाजसेवी, अक्षरका पूजेरीलाई सलाम गर्नै पर्ने हुन्छ र गर्दैछु ।
रमेश श्रेष्ठको एकल कविता वाचन श्रवण गर्ने निम्ता पाँउदा पोखरा जाउँ कि नजाउँ जस्तो लागेको थियो । पोखरालाई मैले एकातिर प्रकृति सम्पदा पर्याप्त रहेको रमणयि तर छाडा संस्कृतिको बाहुल्य रहेको रूपमा बुझेको थिए । योबुझाई अनावश्यक रहेछ, पोखरा त साहित्य र साहित्यकारलाई माया गर्ने थलो पो रहेछ । स्वर्गिय अलिमीया, स्वर्गिय धर्मराज, वर्तमानका शरुभक्त लगायतको कारणले जती चर्चित छ पोखरा गजलको हुर्मत लिदै विकृती बिष वमन गरिरहेको, गजलको हुर्मत लिइरहेको कुगजललाई प्रकट रूपमा सत्य र शीव ठान्ने जस्ताको कारणले वदनामी वेहोरीरहेको छ
पोखराले । छाडा संस्कृतिलाई काखी च्यापेर, भारतको लोकल रेलमा भट्याइने खालका पंक्तिमा साहित्य भनेर रमाइरहेको छ गजलको ज्ञान नभएको ववुरो अश्लिललाई नै सत्यम्–शीवम्– सुन्दरम् ठानी । यदि कविताको मूल्य अश्लिल हो भने त साहित्य समाजको दर्पण बन्नै सक्दैन, आवश्यकता छ स्वस्थ्य साहित्यको ।
पोखरा र होटेल बराहि एक अर्काको पुरक बन्न पुगेको छ अहिले—हो त्यही होटेल वाराहिमा कार्यक्रम थियो रमेश श्रेष्ठको एकल कविता वाचन । प्रेम भूमकिा गितहरू भनेर नामाकरण गरिएको कार्यक्रम मैले सोचे भन्दा धेरै राम्रो थियो ।
घाम थियो उज्यालो थिएन
रात थियो एकान्त थिएन
किन थिएनन् आफ्नै कुराहरू
तिमी थिएनौ त्यसैले केही पनि थिएन ।
उनको कविता कति मिठो । सधैं सुनु सुनुजस्तो लाग्ने । कवितामा भेटिने जीवन दर्शन, मानिसको पीडा र यथार्थ कति स्वभाविक रूपमा प्रस्तुत । कति गम्भिर छ कविता ।
जविन बोलेको छ कविताले ।
अर्थ गहन छ तर भाषाशैली र प्रस्तुती सरल छ ।
भाषा र कलाको कारणले पोखराबासीबाट उनले मोह, पे्रम र सद्भाव प्राप्तगरेका छन् । होटेल वाराहीमा रमेश श्रेष्ठको कविता वाचन अत्यन्तै उत्साहजनक र मीठो माने पोखरेली साहित्यानुरागीहरूले । कविहरूले मानिस बनाउन सक्नुपर्दोरहेछ, साहित्य मन पराउनेको जमात सजिलै पाउन सकिन्छ यसको उदाहरण रमेश श्रेष्ठ बन्न पुगेकाछन् । साहित्यको नाममा जब विकृतीको प्रचार प्रसार गरिन्छ तब स्वस्थ–स्वच्छ साहित्य पछाडी परेको जस्तो लाग्दछ तर साहित्यको शालीनताको स्थान स्वार्थमय विकृतीजन्यले लिन सकेको छैन र सक्दैन पनि ।
गुरुकुलले पनि साहित्य प्रति आम मानिसमा रुचि जगाँउदै आएको थियो । साहित्यको नाममा विकृती, छाडापनलाई टेवा दिनु भने हुदैन, भोलीका पुस्ताले, इतिहासले कालो भनेर भन्न नपाओस्, सजग सहनु पर्छ । कवि रमेश श्रेष्ठको कविताको पंक्ति जस्तै—
अनुहारभरि भय पोतेर
किन उदाइरहेको छ जून
पोखिन नसकेको शीत झैं
कर्कलो माथि

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।