यस वर्ष बुढानिलकण्ठमा हरिबोधनी एकादशी मेला हुने,तयारी शुरु

यस वर्ष बुढानिलकण्ठमा हरिबोधनी एकादशी मेला हुने,तयारी शुरु

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २४।

काठमाण्डौ उपत्यकाको महत्वपूर्ण धार्मिक सम्पदा बुढानिलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा लाग्ने मेलाको तयारी शुरु गरिएको छ।

कार्तिक २७ गते देखि मंगसिर ३ गते सम्म हुने सो मेलाको तयारी र व्यवस्थापनका लागि भएको छलफलले विभिन्न उपसमितिहरु पनि निर्माण गरेको छ।

शिवपुरी र खप्तड बाबाले तप  गरेको पावन शिवपुरी पर्वत शृंखलाको काखमा रहेको पवित्र बुढानिलकण्ठ मन्दिरमा हरेक वर्ष लाग्ने गरेको मेला कोरोना प्रकोपका कारण रोकिएपनि यस वर्ष संचालन गर्नका लागि नौ  उपसमितिहरु निर्माण गरिएको हो ।

बुढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्काको संयोजकत्वमा मूल व्यवस्थापन  समिती गठन गरेको भेलाले निम्न उपसमितिहरु र संयोजक चयन गरेको छ ।

उपसमितिहरु :

१. पुजा ब्यवस्थापन: संयाेजक कल्पना ठकुरी

२. यातायात ब्यवस्थापन: संयाेजक गाेपाल कार्की

३. शान्ति सुरक्षा ब्यवस्थापन : संयाेजक बूढानीलकण्ठ प्रहरी प्रभाग

४. स्वास्थ्य ब्यवस्थापन: संयाेजक स्वास्थ्य चाैकी

५. आर्थिक, बजार ब्यवस्थापन एवं जुत्ता चप्पल संयाेजक: हरिचन्द्र श्रेष्ठ

६. सुपरिवक्षण ब्यवस्थापन :बिकास तामाङ

७. स्वयंसेवक ब्यवस्थापन: कृष्ण प्र भण्डारी

८. फाेहाेर मैला ब्यवस्थापन: संयाेजक माधव श्रेष्ठ

९. प्रचार प्रसार एवं सिङ्गार पटार : मूल व्यवस्थापन समिती

तपाइँको प्रतिक्रिया ।