काठमाण्डौ क्षेत्र नं ३ प्रदेस (क) को सभापतिमा श्रीराम चालिसेको उम्मेदवारी घोषणा

काठमाण्डौ क्षेत्र नं ३ प्रदेस (क) को सभापतिमा श्रीराम चालिसेको उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाण्डौ,कार्तिक २४।

नेपाल तरुण दलका महाधिबेशन प्रतिनिधि श्रीराम चालिसेले काठमाडौँ क्षेत्र नं ३ प्रदेश (क) को सभापतिको उम्मेदवारी  घोषणा गरेका छन्।

सोमबार जोरपाटीमा भएको नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ३ प्रदेश (क ) को भेलामा उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

इकाई सभापति, इकाई कार्यसमितिका साथै क्षेत्रीय प्रतिनिधिहरु संगको छलफल र सल्लाहा पश्चात  उम्मेदवारी घोषणा गरेको बताउदै उनले सहयोगको लागि आग्रह  समेत गरेका छन।

नेपाल बिधार्थी संघ बाट २०४६ सालमा साधारण सदस्य बाट सुरु गरेका चालिसे  हाल काठमाडौँ क्षेत्र नं ३ बाट  नेपाल तरुण दलको निर्बाचित महाधिबेशन प्रतिनिधि रहेका छन् ।

राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेका चालिसेले देश भरि करिब २०० भन्दा बढी व्यक्तिहरुलाई  ह्विल चियर वितरण ,  विभिन्न बिद्यालयमा बिधार्थिहरुलाई झोला सहितको पाठ्य सामग्री  वितरण गरेको, निजि श्रोत परिचालन गरि धेरै खेलकुद क्लबहरुलाई जर्शी लगायतका खेलकुद सामग्री सहयोगको अभियान संचालन गर्दै आरक छन ।फोटो सौजन्य : गोकर्णेश्वर खबर

तपाइँको प्रतिक्रिया ।