राहत शिक्षकहरुले प्रधानमन्त्री देउवालाई आफ्ना माग र समस्या सुनाए

राहत शिक्षकहरुले प्रधानमन्त्री देउवालाई आफ्ना माग र समस्या सुनाए

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २३।

नेपाल राहत शिक्षक समितिले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर आफ्ना माग र समस्याहरुका वारेमा जानकारी दिएका छन।

नेपाल राहत शिक्षक समितिका केन्द्रीय अध्यक्ष खेमराज अधिकारी,सल्लाहकार संयोजक गणेश ओझा, महासचिव कुमार बजगाई ,उप महासचिव डम्बर राई सहितको टोलीले प्रधानमन्त्री देउवालाई भेटेर शिक्षा ऐन, ऐन मार्फत सम्बोधन गर्नुपर्ने मागहरु र शिक्षा सेवा आयोगले संघीय शिक्षा ऐन आउनुपुर्व सम्बोधन गरिनुपर्ने  विषयका वारेमा ध्यानाकर्षण गराएको थियो।

 

 

 

तपाइँको प्रतिक्रिया ।