कपनको ढलमा खसेर अलप भएका उज्वलले उघारेको अध्यारो पाटो

कपनको ढलमा खसेर अलप भएका उज्वलले उघारेको अध्यारो पाटो

कपन अनलाइन

काठमाण्डौ ,असोज १२।

काठमाण्डौ महानगरपालिका वडा नं ६ र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सिमाना  कपन मिलनचोकमा निर्माणाधीन  ब्लक कल्भर्टमा खसेर अलप भएका  १० वर्षीय उज्ज्वल विकले निर्माण कम्पनी र सरोकारवालाहरुको लापरवाहीको अध्यारो पाटोलाई उदांगो पारिदिएका छन।

धेरै सपना र संघर्षलाई विराम दिएर राज्य र तिनका विभिन्न निकायको लापरवाहीको कारण ज्यान गुमाएका बिकको शव संगै धेरै प्रश्न हरु पनि जन्मिएका छन।

दैनिक ठुलो शंख्यामा मानिसहरुको आवतजावत र जमघट हुने सो स्थानमा रहेको धरापका कारण सृजना हुने परिस्थितिलाई किन सरोकारवाला पक्ष हरुले मनन गरेनन ? किन मुख्य सडकमा नै जुनसुकै बेला हुने दुर्घटनालाई नजर अन्दाज गरियो ? यसरि धराप थापेर मान्छे ज्यान लिने को हो ?

अहिले यस्ता प्रश्न जताततै सुनिने गरेका छन भने एउटा अवोध बालकको ज्यानको जवाफदेही को हो ? भन्ने प्रश्नले पनि अहिले धेरैलाई पछ्याइरहेको छ।

सधै नमिठो डुवानको पिडा सहेका सो क्षेत्रका बासिन्दा पछिल्लो घटनाले निकै त्रसित मात्र बनेका छैनन जुनसुकै बेला पनि हुन् सक्ने दुर्घटनाको आशंका बाट आक्रान्त समेत बनेका छन।

बागमती प्रदेस सरकारको सिंचाई विभागले स्थानीय तह संगको समन्वयमा निर्माण गरिरहेको सो ब्लक कल्भर्ट अलपत्र छोडेर कुन्मै पनि सुरक्षा उपाय नअपनाउनु कसको गल्ति हो ? यसका वारेमा निकै गम्भीर छलफल र बहसको खाँचो अहिले देखिएको छ।

आफ्नो नाबालक नाती गुमाएर निकै पिडामा रहेका उज्वलका अभिभावकलाई राहतको ललिपप देखाउनु भन्दा उनको हत्या (!) ले संकेत गरेका विविध पक्षहरु तर्फ सबैले सोच्नुपर्ने बेला आएको छ।

सो स्थानमा मात्र हैन अहिले अन्य धेरै स्थानमा यस्ता धरापहरु प्रसस्त रहेका छन । मान्छेको ज्यानै जाने गरी भएको ठुलो घटना पछी यस्ता खाल्डा रुपी धराप टाल्ने सुचना जारी गरेर लगन पछीको पोते भन्ने उखानलाई चरितार्थ गरेको नगरपालिकाले ठेकेदार कम्पनि र सरोकारवाला निकायलाई सचेत गराउनु पर्ने देखिन्छ।

धेरै ठाउमा ठेक्का ओगटेर काम गरे जस्तो देखाएर लामै समय सम्म जनतालाई झुलाउने ठेकेदार र कम्पनीलाई कारवाही गर्ने  सामर्थ्य नगरपालिकाले राख्न नसकेपनि सम्बन्धित स्थानमा योजना सूचनापाटी,सचेतना मुलक चिन्ह र अन्य जानकारी समेत राख्न नसक्नुलाई लापरवाही र  लाचारी वा दुवै भन्न सकिने अवस्था रहेको छ।

ज्यान गुमाएका बालक उज्वल मात्र हैन एक पटक आफ्नो कमाई खाने ट्याक्सी डुवेर ठाउको ठाउँ हजारौ खर्च गरेका चालक, भल पसेर लाखौको सामान नस्ट भएका पसले र हरेक दिन जसो बाढीको प्रताडना खेपेका प्रत्यक्ष पिडित वडा अध्यक्षहरुको आवाज अव सामाजिक संजालमा मात्र नभएर सम्बन्धित निकायको टेवल सम्म पुग्नुपर्ने देखिन्छ।

त्यति मात्र हैन मानव जिवन गुमाउने गरी भएको घटनामा आफ्नो राजनीतिक रोटी सक्ने निरर्थक र प्रचारमुखी काम गर्ने राजनीतिक दलहरुले पनि यस्तो संवेदनशील विषयलाई सार्वजनिक बहसको मुद्दा बनाउन सकेको देखिदैन। यसले फेरी पनि आउने निर्वाचनमा उज्वलको शव र बाटोको धराप राम्रै मुद्दा बन्ने संकेत देखिएको छ।

योजना ठेक्का पाएको कम्पनीका मुख्य ठेकेदारको मुख नदेखी पेटी ठेकदारको निरीहता संग सम्झौता गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै आगामी दिनमा हुने यस्ता दुखद घटना हुन् नदिने तर्फ बेलैमा सोच्न र केहि गर्न नसकेमा जनताको सुविधाका लागि गरिएका निर्माण कुनै एम्बुस भन्दा कम नहुने उज्वल बिकको घटनाले प्रस्ट पारेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।