आरडीटि नतिजा पोजेटिभ देखिए संगै शंखरापुर नगरपालिका आज बाट सिल गरिदै

आरडीटि नतिजा पोजेटिभ देखिए संगै शंखरापुर नगरपालिका आज बाट सिल गरिदै

कपन अनलाइन

काठमाडौं जेठ ९।  बिहिबार बाट शंखरापुर नगरपालिकाले प्रथम चरणमा कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानको पहलो मोर्चा (Front line ) मा  सक्रिय जोखिम समुहका व्यक्तिहरुको कोरोना परिक्षण शुरु गरेको छ ।पहिलो चरण अन्तरगत अग्रभागमा खटिने जनप्रतिनिधि, नगर कर्मचारी,  स्थानीय पत्रकार, महिला स्वास्थ्य स्वयंसेविकाहरूको  परीक्षण गरिएको  हो ।बिहिबार आर डी टी गरिएकाहरु मध्ये १२ जनाको आर डी टि पोजेटिभ आएको छ ।

शंखरापुर नगरपालिका अन्तर्गत अग्र`पङ्तिमा कार्यरत जन-प्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्यम`सेविकाहरुमा गरिएको कुल २९० RDT परिक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको र त्यी  व्यक्तिहरुको PCR Test प्रक्रियामा रहेको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराए ।

इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर अस्पताल र सुष्मा कोइराला मेमोरियल हस्पिटलमा गरिएको उक्त परिक्षणमा १२ जनाको आर.डी.टि. टेस्ट पोजेटिभ आएको हो । वडा ४ देखि ९ सम्मका २९० जनामा उक्त टेस्ट गरिएको थियो । आर डी टि पोजेटिभ आए संगै नगरपालिकाले आज शुक्रबार  विहान १० बजे  बजे देखि लागु हुने गरि शंखरापुर नगरपालिका भित्रिने तथा बाहिरिने सम्पुर्ण सिमा/नाकाहरु अर्को सुचना जारि नभए सम्मको लागि पूर्ण रुपमा शिल  गर्न लागिएको  पनि नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराए  |

 

तपाइँको प्रतिक्रिया ।