स.बल ज्ञान कार्निभल सोमबारदेखि हुने

स.बल ज्ञान कार्निभल सोमबारदेखि हुने

कपन अनलाइन

काठमाडौं, भाद्र १३।

विद्यालयस्तरीय खेलकुद प्रतियोगताको पुरानो प्रतियोगिता मध्येको एक स.बल ज्ञान कार्निभलको ३२ औं संस्करण सोमबारदेखि सुरु हुने भएको छ ।
कार्निभलअन्तर्गत ब्वाइज÷गल्र्स बास्केटबल र फुटबल हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ज्ञानोदय बाल वाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले जानकारी गराइन् ।
महिला फुटबललाई प्रोत्साहित गर्ने उद्देश्यले लामो इतिहास बोकेको ज्ञान कार्निभलमा पहिलोपटक गल्र्स फुटबल समावेश गरिएको ज्ञानोदयका सिनियर भाइस प्रिन्सिपल भानु एले बताए ।
स.बलको मुख्य प्रायोजन तथा सफल दुध र फन पार्टनर चोकोफन क्रसको सह–प्रायोजनमा हुन लगेको प्रतियोगिताको बास्केटबलतर्फ ब्वाइज÷गल्र्समा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने ज्ञानोदयका बास्केटबल प्रशिक्षक मनीष लामाले जनाएका छन् ।
फुटबलको ब्वाइजमा सहभागी ९ टिम २ समूहमा विभाजित भएर लिग कम नकआउट आधारमा खेल खेल्ने छन् । सुपर लिगका आधारमा हुने गल्र्स फुटबलमा ७ टिमले भाग लिने छन् । सुपर लिगमा शीर्ष २ स्थानमा रहने टोली पुनः उपाधिका लागि भिड्ने छन् ।
स.बल फाउन्डेसनका अध्यक्ष सतिश जोशीले विद्यालय खेलकुदमा स्थापित र लोकप्रिय प्रतियोगिता ज्ञान कार्निभलसंग जोडिन पाउनु गर्वको विषय भएको बताए ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देश शोकमा डुबेका कारण प्रतियोगिताको उद्घाटन कार्यक्रम सामान्य हुने आयोजक ज्ञानोदयले जनाएको छ ।
दसदिने प्रतियोगिताका खेलहरु बुङमतीस्थित आयोजक ज्ञानोदयकै हातामा खेलाइने छ । ज्ञान कार्निभल सन् १९९४ बाट सुरु भएको हो ।

तपाइँको प्रतिक्रिया ।