नेकपा एमाले गोकर्णेश्वर ३ नम्बर वडा कमिटीले टोल कमिटी गठन प्रकृयालाई तिब्र बनाएको छ :अध्यक्ष बुद्दी बहादुर श्रेष्ठ

नेकपा एमाले गोकर्णेश्वर ३ नम्बर वडा कमिटीले टोल कमिटी गठन प्रकृयालाई तिब्र बनाएको छ :अध्यक्ष बुद्दी बहादुर श्रेष्ठ

कपन अनलाइन

काठमाडौँ, असोज १३ । नेपाल कम्युनिष्ट पार्टी एमाले गोकर्णेश्वर ३  नम्बर वडा कमिटीले टोल कमिटी गठन प्रकृयालाई तिब्र बनाएको अध्यक्ष बुद्दी बहादुर  श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।पार्टी संगठनलाई बलियो बनाउन तल्ला कमिटीहरुको विशेष भूमिका हुने भएकाले पार्टी वडा तथा टोलस्तरमा कमिटी निर्माणमा जुटेको उनले  जानकारी गराए । पहिलो चरणमा सबै वडाहरुमा संगठन निर्माण र जनपरिचालन गर्ने जानकारी दिदै अध्यक्ष श्रेष्ठले नेकपा एमाले गोकर्णेश्वर ३ ले सधै वडाका  जनताको पक्षमा अभियान संचालन गर्ने  पनि बताएका छन।

उनका अनुसार साबिक बालुवा गाबिसको वडा नं १ २,३,४,५, ७ ८ र ९ मा ११ सदस्यीय टोल कमिटि निर्माण गरेको  जसमा वडा नं १ को टोल कमिटिको अध्यक्षमा परशुराम बिष्ट, २ नं मा सुघ्रिभ बिष्ट, ३ नं मा सुवास तामाङ ४ नं मा जीवन लामा, ५ नं मा राज कुमार लामा,  ७ नं मा राजकुमार भण्डारी,८ नंमा अजय नगरकोटी र ९ नं मा रामकुमार बस्नेत  रहेको पनि जानकारी गराए । उनले वडा नम्बर ६ मा भने आगामी शनिबार टोल कमिटि गठन हुने समेत जानकारी  गराएका छन   ।   उनले  युवा संघ अनेम संघ तथा बुद्दिजिबिहरुको कमिटि पनि गठनको कार्य अघि बढेको जानकारी गराएका छन।

टोल कमिटि गठन कार्यक्रममा  वडा कमिटि अध्यक्ष बुद्दी बहादुर  श्रेष्ठले संगठनलाइ मजबुत बनाइ पार्टी जिम्मेवारी र जनताको भावनालाइ कदर गरि अघि बढ्न अनुरोध गरेको  समेत जानकारी गराएका छन ।उनले अनेक किसिमका राजनीतिक र संगठनात्मक उचारचढाव र प्रतिकूलताका बीचमा पनि एमालेमा  युवाहरुको आकर्षण बढेको जानकारी गराउदै पार्टीलाई वडा देखि केन्द्रसम्म मजबुत बनाएर लैजानुपर्ने  बताएका छन् । आगामी निर्वाचनमा पनि राम्रो परिणाम हासिल गर्नका लागि पार्टीका सवै संगठनहरुलाई मजबुत बनाउन लागि  टोल कमिटि गठन कार्यलाई तिब्रता दिएको पनि जानकारी गराएका छन ।

वडा कमिटिहरुलाई सामाजिक सकारात्मक अभियानमा जुट्न अनुरोध गर्दै समाजमा हुने हरेक अनियमितताका गतिबिधिहरुमा युवाहरुले न्यायिक तवरले भुमिका निर्वाह गर्ने अभियानमा सम्पुर्ण युवाहरु लाग्नु पर्ने र समाजलाई सकारात्मक बाटोमा डोहोर्याउने अभियानमा  नेपाल कम्युनिष्ट पार्टी एमाले लागि सकेको जानकारी गराएका छन। टोल कमिटि गठन कार्यक्रमलाइ वडा कमिटि सचिब नबिनराज बिष्टले सहजीकरण गरेका थिए ।त्यसैगरि उनले आगामी असोज २३ गते  बडादशैँ, दीपावली, नेपाल सम्वत् छठको अवसर पारेर शुभकामना  आदानप्रदान तथा चियापान कार्यक्रम समेत आयोजना गर्न  लागेको जानकारी दिदै उक्त कार्यक्रममा सहभागी हुनको लागि समेत अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।