बुढानिलकण्ठका भूमाफियाको प्रहारमा पत्रकार कि स्थानीय सरकार ?

बुढानिलकण्ठका भूमाफियाको प्रहारमा पत्रकार कि स्थानीय सरकार ?

कपन अनलाइन

काठमाडौं ,पुस १।

राजधानी काठमाडौंकै एक नगरपालिकामा खुलेआम भैरहेको प्राकृतिक सम्पत्ति दोहनका वारेमा समाचार लेख्दा पत्रकार माथि ज्यान मार्ने धम्कि आयो भन्दा सायद कमैलाई पत्यार लाग्न सक्छ।तर बुढानिलकण्ठ नगरपालिकाका प्राकृतिक सम्पत्तिमा खुलेआम नाङ्गो रुपमा नृत्य गर्दै ठुलो धनराशीको बालुवा ,माटो र अन्य सम्पत्ति अपचलन गर्ने गिरोहका मतियारहरुले लामो समय देखि सार्वजनिक सम्पत्ति संरक्षणका लागि कलम चलाउदै आएका पत्रकार केशव राज पाठकलाई भौतिक कारवाही गर्ने चेतावनी दिएका छन।

पुस १ गते बुधवार कालाे रंगकाे २८२९ नम्बरकाे मधुर अक्षरले लेखिएकाे माेटर साइकलमा बाटाे ढुकेर बसेका दुइजना जनाले दिन दहाडै पत्रकार पाठक माथि ज्यान मार्ने धम्की दिँएका थिए।

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारी र केहि स्थानीय नेताहरुलाई दवाव ,प्रभाव र प्रलोभनमा पारेर बुढानिलकण्ठ नगरपालिका वडा नं १३ ,३,५ ४ लगायतका स्थानमा रहेका बालुवा ,ढुंगा,माटो जस्ता प्राकृतिक सम्पत्ति अपचलन गर्दै करोडौ कुम्ल्याएका माफियाहरुले  देखाएको यो मध्ययुगिन अपराधिक हर्कतले धेरै प्रश्न जन्माएको छ।

स्थानीय सरकारका प्रमुखले तत्काल कौडोल क्षेत्रमा भैरहेको उत्खनन र बालुवा ओसार पसार रोक्न निर्देसन दिए संगै तिल्मिलाएको उक्त गिरोहले अपनाएको यो हत्कण्डाले बुढानिलकण्ठ नगरपालिकालाई निकै गम्भीर प्रश्नको कठघरामा उभ्याएको छ।

अहिले बुढानिलकण्ठ नगरपालिकामा अबैध रुपमा बालुवा,माटो र अन्य प्राकृतिक सम्पत्ति तस्करी गर्दै मोटो मुनाफाको तर चाटिरहेका माफियाहरुको हर्कत हेर्दा देशको चौथो अंग पत्रकारलाई प्रहार गरेर स्थानीय सरकारलाई तर्साउने प्रयास गरे झैँ  देखिन्छ।के बुढानिलकण्ठको स्थानीय सरकार यी माफियाहरुको चंगुलमा फसेको हो ? वा आफ्नै ,आफ्नै जस्ता,आफ्नै निकटका,आफ्नो सम्बन्धि ,आफ्नै दलका ,फरक दल भए पनि लुकेर आफैलाई मत हाल्ने मतदाता जस्ता विसेषणका फुर्का जोडेर काला कर्तुतका नाइकेहरुको  पृष्टपोषण गर्न खोजिएको हो ? यसको जवाफ स्थानीय सरकारले दिनुपर्ने छ।

यो संगै आदिम युग झैँ  लाग्ने धम्कीको यो बर्बर चेतावनीले नगरपालिकाका विभिन्न स्थानमा प्राकृतिक सम्पत्ति उपयोग र प्रयोगको स्वीकृति दिने जग्गा विकास  समिति र प्राविधिक शाखा पनि शंकाको घेरामा तानिएको छ। अहिले सार्वजनिक रुपमा कलम चलाउने सार्वजनिक व्यक्तित्व माथि नै धम्कि दिन सक्ने शक्ति भूमाफियाहरुको मुटुमा कसरि पलायो ? यसमा कतै मलजल गर्ने काम उक्त शाखा र त्यसमा ढलिमली गर्दै आएका कर्मचारीको त् छैन ? यो पनि निकै मननीय विषय रहेको छ।

आफ्नै अग्रज पत्रकार माथि प्रहारको प्रयास गरे  संगै अहिले बुढानिलकण्ठ नगरपालिकाका स्थानीय संचार मध्यमहरुले सार्वजनिक हितमा कलम चलाउन बन्द गर्नुपर्ने हो ? वा सामन्तवादी युग झैँ टुलुटुलु हेरेर सबै अन्याय सहनुपर्ने हो ? यो प्रश्नको उत्तर अव हरेक सार्वजनिक स्थल र मंचहरुमा पक्कै वारम्बार खोजिनेनै छ।

छोरी कुटेर बुहारी तर्साउने उखान झैँ पत्रकारलाई धम्की दिएर स्थानीय सरकारको प्रेस स्वतन्त्रता प्रतिको प्रतिवदत्ता र समर्पण माथि भएको यो प्रहारको प्रतिकार स्थानीय सरकारले कसरि गर्छ त्यो भने बुढानिलकण्ठमा बहुप्रतिक्षित विषय बनेको छ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।