थोरै कालो बादल देख्दा पनि कहिले सम्म तर्सिनुपर्ने हो कपनवासीले ?

थोरै कालो बादल देख्दा पनि कहिले सम्म तर्सिनुपर्ने हो कपनवासीले ?

कपन अनलाइन,काठमाडौँ  /सम्पादकीय 

बुढानिलकण्ठ नगरपालिकाका वडा नं १०,११ र १२ साविक कपनका तल्लो भेगका वस्तीहरुमा बसोवास गर्ने जनताहरु आकासमा अलिकति कालो बादल देख्योकी डराउनु पर्ने बाध्यतामा छन । अव्यवस्थित बस्ति र अव्यवहारिक विकासका कारणले पानीको उचित निकास नहुदा यो समस्याबाट जनता पिडित भैरहेका छन ।

सस्तो लोकप्रियता र द्रुत विकासको श्रेयका लागी हतारमा गरिएको विकासको परिणाम अहिले कपनवासीले भोगिरहेका छन ।वडा नं ११ को जगडोल देखि माथिल्लो भेग सम्मको पानी संग्रह भएर तल्लो भेगतिर बग्ने र यसको उचित निकास नहुदा पानी अहिले घरघर भित्र पस्ने गरेको छ । निकै  सानो र कम क्षेमताको ढल हालेर बाटो निर्माण गर्दा यो दुर्गती भोग्न जनता बाध्य बनेका छन ।मापदण्ड भन्दा निकै कम इन्चको पाइप राखेर अदुरदर्शी तरिकाको विकास गरेकाले अहिले यो समस्या सृजना भएको छ र यसको जिम्मा नैतिक र अन्य रुपले कसैले नलिदा यहाका जनताहरु निरिह बनेका छन ।

अलिकति पानी पर्दा पानी बाटा , बाल्टिन र जग लिएर ढलको ढक्कन खोल्दै पानीको निकास कटाउन सडक छेउमा उभिनु अहिले जनताको नियति बनेको छ ।  यो जनताको समस्या मात्र नभएर  नवनिर्वाचित जनप्रतिनिधिको टाउको दुखाई पनी बनेको छ ।

यसको उचित समाधान नखोजे अझै अप्रिय दुर्गती भोग्न यहाका जनता बाध्य हुने देखिन्छ । यसको समाधानकाका लागी पहिलाको खहरेलाई प्राकृतिक रुपमा बग्न दिने गरी खुल्ला  गर्नु उत्तम विकल्प रहेको छ तर त्यसका लागी जनप्रतिनिधिले कत्तिको आट र तदारुकता देखाउछन त्यसमा भर पर्नेछ । अर्को विकल्प  भनेको सानो भएको ढलको क्षेमता विस्तार गरी सबै स्थानबाट पानीको उचित निकासको व्यवस्था गर्नुपर्ने देखिन्छ जुन निकै कठिन र खर्चिलो छ । तर जे भएपनि विकल्प खोजेर समाधान गर्ने बहेको अर्को विकल्प छैन ।

उपाय र समाधान जेसुकै भए पनि यथासिघ्र खोज्न लाग्नु पर्ने  देखिन्छ नत्र ठाउँ ठाउमा फुटेको ढल जस्तै जनताको धैर्य पनी फुट्न  वेर लाग्ने छैन जसको परिणाम कल्पना गरे भन्दा भयानक हुन् सक्नेछ ।

तपाइँको प्रतिक्रिया ।