कपन क्षेत्र लागुपदार्थ कारोवारी र दुर्व्यसनीको केन्द्र बन्ने खतरा

कपन अनलाइन

काठमाण्डौ,असोज १३।

कपन क्षेत्र लागुपदार्थ कारोवारिको केन्द्र बन्ने खतरा बढेको छ। विगत केहि महिना यता मात्रै कपन क्षेत्र बाट  लागुपदार्थ कारोवारि पक्राउ पर्ने क्रम निकै बढेको छ।

यस क्षेत्रमा संगठित गिरोह नै लागूपदार्थ बेच बिखनमा सक्रिय रहेको सुचना पाए संगै छानविन र एक्सन अगाडी बढाएको कपन प्रहरीले केहि दिन अगी मात्र बालुवाखानी क्षेत्र बाट ठुलो परिणाममा गाँजाको धुलो सहित एक जनालाई पक्राउ गरेको छ।

गत साउन २८ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाल कुमारी टोलबाट  DIAZELAB ३९९ एम्पुल, NOOPHIN ३९० एम्पुल, PHENERGAN ४०० एम्पुल गरी जम्मा एम्पुल थान ११८९ र NITRAVET -10 लेखिएको जम्मा चक्की थान ९०० सहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जेष्ठ २५ गते वडा नं १० को सिद्देश्वर मन्दिर क्षेत्र बाट IAZEPAM थान २७ ,PHENERGAN थान ५९ ,NOOPHIN थान ३२ गरी जम्मा ११८ थान तथा लागुऔषध बिक्रिबितरणको लागी प्रयोग हुने ठुलो सानो गरी रबर ३५० ग्राम र प्रयोग भई सकेको DIAZEPAM, PHENERGAN NOOPHIN को खाली एम्पुल जम्मा थान १२९ सहित दुई जनालाई पक्राउ गरेको थियो।

त्यस्तै असार ७ गते पनि बौद्ध रामहिटी क्षेत्र बाट ठुलो परिणाममा गाँजा सहित दुइ करोवारी पक्राउ परे संगै यस क्षेत्रमा लागु पदार्थ कारोवार निकै बढेको अनुमान गरिएको छ।

यस क्षेत्रमा रहेको घना बस्ति र कोठा भाडामा बस्नेहरुको  एकिन विवरण नहुनुको फाइदा उठाउदै लागुपदार्थ कारोवार गर्ने गिरोह नै सक्रिय रहेको देखिएको छ।

यस क्षेत्रमा विशेष गरि संजाल खडा गरेर कारोवार गर्ने गिरोह र कतिपय औसधि पसलहरु समेत लागु औषध बेचबिखनमा सक्रिय देखिएका छन भने कतिपयले पुनर्स्थापना केन्द्र बाट आएको दुर्व्यसनी भन्दै त्यसैको आडमा कारोवार गरेको पनि पाइएको एक जनप्रतिनिधिले बताएका छन।

लागु पदार्थ कारोवार र दुर्व्यसनीको शंख्या बढ्नु युवा पुस्ताका लागि  निकै घातक र चिन्ताजनक अवस्था रहेको भन्दै स्थानीयहरुले पनि त्यस्ता ब्यक्तिका वारेमा सुचना र सचेतना दिनुपर्ने उनको सुझाव रहेको छ।

त्यस्तै मन्दिर ,खुल्ला क्षेत्र र सार्वजनिक स्थलमा प्रहरी निगरानी बढाउनु पर्ने भन्दै उनले यसका लागि स्थानीय सरकार प्रहरी संगको सहकार्यमा विशेष जनचेतना अभियान संचालन गर्नुपर्ने बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।