नेपाली कांग्रेस बुढानिलकण्ठ सभापति उम्मेदवार राजु विक्रम थापाको नारा “युवालाई अवसर अग्रजलाई सम्मान”

कपन अनलाइन

काठमाण्डौ,असोज १३।

नेपाली कांग्रेस बुढानिलकण्ठ सभापति उम्मेदवार राजु विक्रम थापाको नारा “युवालाई अवसर अग्रजलाई सम्मान” तय गर्दै प्रचार अभियानलाई तीव्रता दिएका छन।

असोज १६ गते हुने नगर अधिवेसनमा नगर सभापतिका लागि सघन प्रचार अभियानमा रहेका थापाले बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसलाई शशक्त र पहिलो पार्टी बनाउनका लागि युवाहरुलाई संगठनमा अवसर दिदै अग्रजहरुको अनुभव र ज्ञानलाई सदुपयोग गर्नुपर्ने बताउदै आएका छन।

बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा प्रतिनिधि चयन सम्पन्न भएर नगर अधिवेसनको समय नजिकिदै गर्दा प्रचारमा निकै जोड दिएका थापाले आफु सभापतिमा निर्वाचित भएमा संगठन र रचनात्मक कामलाई संगै लैजाने बताउदै आएका छन।

नेकपा तरुण दल नगर अध्यक्ष समेत रहेका थापा संगै राजाराम बुढाथोकी र राजन बुढाथोकी नगर सभापतिको दौडमा रहेका छन ।

तपाइँको प्रतिक्रिया ।