गोकर्ण प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा सुभारम्भ

गोकर्ण प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा सुभारम्भ

कपन अनलाइन

काठमाडौँ,भाद्र २१। गोकर्णेश्वर नगरपालिकाको चाहना स्वास्थ्य जीवनको कामना भन्ने मुला नाराको साथमा गोकर्ण प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा सुभारम्भ भएको छ ।आइतबार  एक कार्यक्रमका बीच उक्त सेवा शुरु भएको जानकारी गराइएको थियो। नगरपालिका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, वडा नं९ का वडा अध्यक्ष राजिब थापा, नेकपा एमाले काठमाडौं जिल्ला सचिवालय सदस्य एबम प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठ यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल वडा नं ४ का वडा सदस्य जयराम महत, वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, डा. सुवास प्याकुरेल महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यालय प्रमुख पहरी नायब  निरीक्षक रामजी घिमिरे  लगायत गोकर्ण प्राथमिक अस्पताल व्यस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयं सेविका लगायत स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष एबम गोकर्ण प्राथमिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन नगरपालिकाका प्रशासन प्रमुख टंक घिमिरेले गरेका थिए। आम नगरबासीलाइ सहज रुपमा भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने सन्धर्भमा गोकर्ण प्राथमिक अस्पताल बाट नियमित तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउदै आइरहेकोमा मिति २०७८ साल भाद्र २० गते आज बाट स्त्री रोग ,बाल रोग, जनरल फिजिसियन र रेडियोलोजिष्ट सहितका विशेषज्ञ सेवाहरुशुभारम्भ भएको घोषणा गरिएको थियो। न्यून शुल्कमा उक्त सेवा संचालन गरिएको समेत जानकारी गराइएको थियो।

कार्यक्रममा गोकर्णे प्राथमिक अस्पताल व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। उनले वि सं २०३२ मा स्थापना भएको स्वास्थ्य चौकीलाइ २०७६ साल असारमा गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्र विशेषज्ञ सेवा सहित १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको जानकारी गराएका थिए । कार्यक्रममा डा .सुवास प्याकुरेलले शुभकामना मन्तब्य सहित बिशेषज्ञ सेवाको बारेमा जानकारी गराएका थिए। गोकर्ण प्राथमिक अस्पतालाई केन्द्रमा राखेर नगरपालिकाको दुर्गम भागहरुमा समेत स्वास्थ्यको पहुच पुर्याउनु पर्नेमा जोड दिएका थिए।

 

कार्यक्रममा नेकपा एमाले काठमाडौं जिल्ला सचिवालय सदस्य एबम प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठले उक्त अस्पतालको बिगत देखि बर्तमान अवस्था सम्म आइपुग्दा अस्पतालमा भएका परिवर्तनको बारेमा जानकारी गराएका थिए। स्वास्थ्य सेवाको मेरुदण्डको रुपमा रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुले कम न्यून सेवा सुविधा लिएर स्वास्थ्य क्षेत्रमा पुर्याउदै आएको सेवाको प्रसंशा गर्दै महिला स्वास्थ्य स्वयं सेविकाहरुलाइ थप सेवा सुबिधा उपलब्ध गराउन नगरपालिकालाई अनुरोध गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै उप प्रमुख शान्ति नेपालले लामो समयको पहल पश्चात  उक्त सेवा शुचारु गर्न पाउदा खुसि लागेको जानकारी गराएकी थिइन। उनले आफु पनि महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा काम गरेको स्मरण गर्दै महिला स्वास्थ्य स्वयं सेविकाको सेवा सुबिधालाइ क्रमिक रुपमा बृद्दि गर्न आफुले पहल गरेको पनि जानकारी गराएकी थिइन ।   कार्यक्रममा कोभिड महामारी न्यूनीकरणमा  सहयोग गरेका डा. सुबास प्याकुरेललाइ  दोसल्ला ओढाएर  सम्मान गरिएको थियो।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले  आयोजकलाइ धन्यवाद दिएका थिए ।  गोकर्ण अस्पतालको क्षमता बृद्दी  गर्ने क्रममा २०७६ घोषणा पश्चात अस्पतालको स्वरुपमा परिवर्तन आएको र नगरपालिकाले सबैको सहयोगमा सो अस्पताललाइ पूर्ण क्षमतामा संचालन गर्न सफल भएको बताए ।निम्न आय भएका ब्यक्ति बिरामी भएको खण्डमा अन्य  अस्पताल जाँदा  धेरै पैसा खर्च हुने बताउदै  गोकर्ण प्राथमिक अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने बिश्वास ब्यक्त गरेका थिए।आगामी दिनमा पनि उक्त अस्पताललाइ नगरपालिकाको सहयोग रहने जानकारी गराएका थिए ।

कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष एबम गोकर्ण प्राथमिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री कुमार श्रेष्ठले उपस्थित सबैलाई धन्यबाद दिएका थिए । उनले उक्त अस्पतालमा अन्य सेवाहरु पनि क्रमिक रुपमा विस्तार गर्दै जाने बताए  उनले उक्त अस्पताल बाट विशेषज्ञ सेवा लिन अनुरोध गरेका थिए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।