बुढानिलकण्ठ र सुन्दरीजल केन्द्रमा भारी वर्षा मापन ,उपत्यकाका नदीले सतर्कता बिन्दु पार गरे

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २१ ।

काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भइरहेकाे  पनि वर्षा साेमबार बिहान सम्म निरन्तर छ । रातभर  लगातार रहेको  ६ घन्टाको वर्षाले काठमाण्डौ उपत्यकाका  बागमती सहित मुख्य ८ नदि र सहायक नदीमा जलसतह बढेको छ।

ललितपुर  खोकनामा रहेको  बागमती नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता बिन्दु  पार गरेकोले   सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। त्यस्तै  बुढानिलकण्ठ र सुन्दरीजलका वर्षा मापन केन्द्रमा भारी वर्षाको संकेत देखिएको छ।

हाल नेपालमा मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

तपाइँको प्रतिक्रिया ।