मध्यरातमा डुब्यो कपन, आवागमन अवरुद्ध

मध्यरातमा डुब्यो कपन, आवागमन अवरुद्ध

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २१ ।

भाद्र २० गते राति देखि परेको अविरल वर्षाका कारण कपन क्षेत्रमा डुवान भएको छ। निरन्तर परेको पानीले कपन क्षेत्रका वडा नं १० ,११ र १२ का विभिन्न भूभागहरु डुवानमा परेका छन ।

अविरल वर्षाले पानीको निकास थुनिएर सडकमा बगेको पानी विभिन्न व्यक्तिहरुका घर घरमा पसेको छ भने स्थानीयहरु निकै पिडामा देखिएका छन।

रातिको समयमा निकै ठुलो बाढी सहित आएको पानीका कारण स्थानीयहरु रातभर अनिदो बस्न बाध्य बनेका छन भने धेरै पसल ,कार्यालय तथा अन्य संघ संस्थाहरुलाई पनि निकै ठुलो असर परेको छ ।

त्यस्तै कपन क्षेत्रको मूल सडकमा अहिले सवारी आवागमन अवरुद्ध बनेको छ भने कार्यालय जानेहरु पनि जुत्ता हातमा बोकेर हिड्न बाध्य बनेका छन ।

 

तपाइँको प्रतिक्रिया ।