१९ वर्षिय महत र २२ वर्षिय रावलले दिएको सन्देश, काँग्रेस अब युवामय हुन सक्छ !

१९ वर्षिय महत र २२ वर्षिय रावलले दिएको सन्देश, काँग्रेस अब युवामय हुन सक्छ !

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २०/बद्री भट्टराई 

अग्रज पुस्ताको विश्राम अनि नयाँ पुस्ताको सुरुवातका रुपमा नेपाली काँग्रेसको १४ औं महाधिवेशनलाई उदाहरणीय बनाउने अभियान सबैको साझा अभियान बन्न सक्छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको पहिलो खण्डमा दैलेख चर्चाको शिखरमा छ ।

दैलख मात्र होइन अछाम जिल्ला पनि उत्तिकै चर्चामा आएको छ । दुवै जिल्लालाई चर्चाको केन्द्रमा ल्याउने पात्र हुन १९वर्षकी स्वस्तिका महत र २२ वर्षकी जानकी रावल । दैलेख दुल्लु नगरपालिका वडा न ३ की स्वस्तिका र , अछाम मगलसेन नगरपालिका वडा नं ११ की जानकी रावल दुवै जना नेपाली काँग्रेसको तर्फबाट वडा सभापति पदमा चयन भएका हुन ।

केन्द्रको निर्णयले मात्रै स्थानीय तह प्रभावित हुनसक्छ भन्ने धारणालाई गलत सावित गर्दे स्थानीय निर्णयले केन्द्रमा समेत सकारात्मक प्रभाव पार्न सक्छ भन्ने गतिलो उदारहण महत र रावलले मात्रै होइन त्यहाँका स्थानीय अग्रज नेता तथा कार्यक्रताहरुले पनि दिएका छन । तर्सथ सादुवाद दैलेख र अछामका तत् क्षेत्रका नेतृत्वकताहरुलाई जसले युवालाई अवसर दिएका छन ।

मोफसलमा देखिएको त्यो प्रभाव राजधानीमा देखिनु अत्यावश्यक छ । वडा मात्रै होइन , क्षेत्र नगर अनि जिल्ला तहहरुमा त्यस प्रकारका परिवर्तनहरुलाई साक्षत्कार गर्नु अपरिहार्य रहेको छ । यस परिवर्तनले मात्रै केन्द्रको परिर्वतनमा अर्थ राख्न सक्छ । वर्तमान राजनीतिमा हावी हुदै गएको दवाव र प्रभावलाई परास्त गर्न समेत परिवर्तन आवश्यक छ ।

राजधानी केन्द्रीत केहि युवा सोचका पार्टीहरुले स्थापित गर्न खोजेको र वारम्बार उठाईरहको प्रश्नहरुको गतिलो जवाफ सहित नेपाली काँग्रेस राजनीतिमा उदाएका महत अनि रावलको उपस्थितीलाई उदाहरण बनाई प्रत्येक वडा,नगर,क्षेत्र अनि जिल्लाहरुमा सोहि अनुरुपको नेतृत्वलाई स्थापित गराउने प्रयास सबैले गर्नु जरुरी छ ।

वडा तहबाट निर्वाचित भएर जानेहरुले नै पार्टीको केन्द्रीय समितिको निर्वाचनमा भुमिका खेल्ने महाधिवेशन प्रतिनिधीको चयन गर्ने भएकाले क्षेत्रीय प्रतिनिधीको चयन महत्वपूर्ण हुन्छ । युवा नेतृत्वकर्ता वा युवा नेतृत्वलाई प्रोत्साहन गर्ने पुरानो पुस्ताको चयनका माध्यमबाट मात्रै नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व पुस्तान्तरणमा पुग्न सक्छ । त्यसो नहुँदा खण्डमा यस पटक पनि शिर्ष नेतृत्वमा उहि पुरानै पुस्ता हावी हुन सक्छ । यसका लागि हामी भित्रै बाट परिवर्तन आवश्यक छ । यो परिवर्तनलाई सार्थक बनाउन केन्द्र देखी तल्ला तहसम्म देखिने गुटगत संरचनालाई युवा प्रतिनिधी मार्फत भत्काउन सकिन्छ ।

सम्भव भएसम्म कम गर्न सकिन्छ । नेपाली काँग्रेसको क्रियाशिल सदस्यताको अधारामा भन्ने हो भने २६ देखी ५० वर्ष विचको उमेर समहु नै यस पटकको महाधिवेशनको निर्णायक समुह हो । यो समुहलाई नेतृत्वमा लैजान सक्ने स्पष्ट योजना बनाउन सकिएको खण्डमा महाधिवेशन मात्र नभई निकट भविष्यमा हुने स्थानीय निर्वाचनमा समेत सफलता प्राप्त गर्न सक्छ ।

यहि सफलतामा नयाँ काँग्रेसको स्वरुप सुरुवात हुनसक्छ । यसका लागि प्रत्येक क्षेत्र,जिल्ला,नगर अनि वडाका क्रियाशिल सदस्हरु आफै जागरुक हुन अपरिहार्य रहेको छ ।

परिवर्तनको चाहान राख्ने अनि निर्वाचनको सफलताको कामना गर्ने मात्रै नभई त्यसको पुर्वाधार बनाउने यो विशिष्ट समयमा प्रत्येक क्रियाशिल सदस्यहरुको हरेक निर्णय महत्वपूर्ण हुन्छ । यहि निर्णयका आधारमा भोलीको काँग्रेसको भविष्य तह हुने सत्यलाई आत्मासाथ गरेर अगाडी बढ्नु आजको आवश्यक्ता हो ।

( भट्टराई नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का युवा नेता हुन् )

तपाइँको प्रतिक्रिया ।