डुवान पिडित कपनका वडा अध्यक्षको बिलौना : हेर्नुस कपनवासीको पिडा कस्तो छ ?

डुवान पिडित कपनका वडा अध्यक्षको बिलौना : हेर्नुस कपनवासीको पिडा कस्तो छ ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २१ ।

भाद्र २० गते राति देखि परेको अविरल वर्षाका कारण कपन क्षेत्रमा डुवान भएको छ। निरन्तर परेको पानीले कपन क्षेत्रका वडा नं १० ,११ र १२ का विभिन्न भूभागहरु डुवानमा परेका छन।

यस डुवानको प्रत्यक्ष पिडित बनेका बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले निकै कारुणिक स्टाटस लेख्दै कपन वासीको पीडालाई ब्याख्या गरेका छन।

आफु राति दुई बजेर ३० मिनेट देखि अनिदो रहेको बताउदै उनले आफ्नो व्यक्तिगत कार्यालय र सहकारीको कार्यालय डुबेको तस्विर पनि सार्वजनिक गरेका छन।

हरेक वर्ष वर्षायाममा   डुवानको नमिठो पिडा भोग्दै आएका कपनवासीहरुलाई भएको पिडा एक पटक हेर्न आग्रह गर्दै अध्यक्ष भट्टराईले सरोकारवाला सबैलाई आव्हान समेत गरेका छन।माथिको तस्वीरको दृश्य स्वयं वडा अध्यक्षको निवास अगाडिको हो।

तपाइँको प्रतिक्रिया ।