गोकर्णेश्वर ८ को  निर्माणाधीन वडा भवनको नगर प्रमुख सन्तोष चालिसे सहितको टोली द्वारा अनुगमन

गोकर्णेश्वर  ८ को  निर्माणाधीन वडा भवनको नगर प्रमुख सन्तोष चालिसे सहितको टोली द्वारा अनुगमन

कपन अनलाइन

काठमाडौं श्रावण २९। गोकर्णेश्वर नगरपालिका वडा नं ८ को  निर्माणाधीन वडा भवनको नगर प्रमुख सहितको टोलीले बिहिबार अनुगमन गरेको छ ।  बेसीगाउमा  करिब २ करोड ६६ लाख १९ हजार ९सय ३७ रुपैया ६० पैसाको लागतमा  साढे दुइतले उक्त भवन २०७८ साल चैत्र १५ गते सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको छ र सोही अनुरुप  दोस्रो तलको ढलान समेत सम्पन्न  भएको छ ।

आर एण्ड सी एस बिल्डर्स प्रालिले उक्त भवन समयमा नै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको बताएको छ।अनुगमनमा नगर प्रमुख सन्तोष चालिसे सहित उप प्रमुख शान्ती नेपाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना वडा सदस्य नन्दलाल श्रेष्ठ, वडा सदस्य डम्बर बहादुर श्रेष्ठ, वडा सदस्य सोबिता मिजार  सहित नगरपालिकाका प्राबिधिक र निर्माण कम्पनिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 अनुगमन पश्चात संक्षिप्त कुरा गर्दै नगर प्रमुख सन्तोष चालिसेले  मुलुककै सबै भन्दा ठुलो र व्यवस्थित वडा कार्यलय निर्माण हुन लागेको जानकारी गराए। उनले हाल सम्म भएका कामहरु सन्तोषजनक ढंगले अगाडी बढेको र निर्माण कार्य  तोकिएको समयमा नै सम्पन्न हुने गरि गुणस्तरीय रुपमा  काम गर्न निर्देशन दिएको जानकारी गराए।उनले भवन निर्माण कार्यलाई गुणस्तरीय बनाउन नगरपालिकाले नियमित रुपमा अनुगमन गर्ने बताउदै सोहि अनुरुप समय समयमा अनुगमन गरिदै आएको जानकारी गराएका थिए भने  स्थानीयलाइ पनि भवन निर्माण कार्यको अनुगमन र खबरदारी गर्न अनुरोध गरेका छन  ।

अवलोकन पश्चात वडा अध्यक्ष मनोजकुमार ढुंगानाले भवन निर्माण भए पछि सेवा प्रवाह झनै प्रभावकारी हुने भन्दै यसका लागि निर्धारित समय भित्रै वडा कार्यालय भवन निर्माण गर्न निर्माण व्यवसायीलाइ आग्रह गरेको बताएका छन्   । ‘जनतालाई सेवा दिने कार्यालय व्यवस्थित हुनु पर्दछ,’ उनले भने,‘ जनताको करबाट भवन बन्ने भएकाले यो जनताकै घर हो, निर्माणदेखि रेखदेखमा जनताले पनि चाँसो दिनु पर्नेमा जोड दिदै भवन निर्माण गर्दा गुणस्तरमा सम्झौता नगर्न र भवन निर्माणमा निगरानी गर्न वडाबासीलाई समेत  आग्रह गरेका छन।

तपाइँको प्रतिक्रिया ।