गोकर्णेश्वरका गलैचा कारखानामा काम गर्ने  बालबालिकाहरुलाई खाद्यान्न सहयोग

गोकर्णेश्वरका  गलैचा कारखानामा काम गर्ने  बालबालिकाहरुलाई खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौँ, श्रावण २९ । गोकर्णेश्वर नगरपालिका भित्र रहेका गलैचा कारखानामा काम गर्ने  बालबालिकाहरुलाई खाद्यान्न वितरण गरिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित लिबर्टी स्कुलको प्राङ्गणमा आज एक कार्यक्रममा बीच   बाल विकास समाज र  विश्व शिक्षाको  संयुक्त  प्रयासमा सक्रिय परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको समन्वयमा  गोकर्णेश्वर नगरपालिका मा रहेका  गलैचा कारखानामा कार्यरत  बालबालिकाहरुलाई कोभिडको विषम परिस्थितिमा राहत स्वरुप  खाद्यान्न वितरण गरिएको हो ।  नगर उप प्रमुख शान्ती नेपालको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा बालविकास समाजकी आजीवन सदस्य डा रीता हमाल, गोकर्णेश्वर नगरपालिका सामाजिक शाखा प्रमुख गोमा प्रसाई, लिबर्टी स्कुलका प्रिन्सिपल ओम प्रसाद ढकाल,डा.बिबेक चौधरी,बालविकास समाजकाअशोक सिंह  लगायत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन बालविकास समाजका  कार्यक्रम इन्चार्ज गोबिन्द बिकले गरेका थिए । बाल विकास समाजले बालश्रम न्यूनिकरणका लागि गोकर्णेश्वर नगरपालिकासँग समन्वय गरी सक्रिय परियोजना सञ्चालन गरिरहेको छ । संस्थाले बालबालिकाहरुको घटना व्यवस्थापन प्रक्रिया अनुसार कोभिडको असर पहिचान गरे पश्चात राहत वितरण गरेको हो ।  संस्थाले गलैचा कारखानामा काम गर्ने  मजदुर का ७२ जना बालबालिकाहरुलाई प्रति ब्यक्ति चामल ३० केजी, दाल ३ केजी, नुन २ केजी, खाने तेल २ लिटर, चिनी २ केजी र हात धुने सावुन बितरण गरिएको थियो ।कार्यक्रम लाइ सम्बोधन गर्दै   बालविकास समाजकी आजीवन सदस्य डा रीता हमालले  बाल श्रम मुक्त समाज बनाउनु पर्नेमा जोड दिएकी थिइन।  उनले  बालबालिकालाई कुनै पनि बहानामा जोखिमपुर्ण काममा लगाउन नहुनेमा जोड दिदै उचित  शिक्षा प्रदान गर्नको लागि सरोकारवालाहरुलाई अनुरोध गरेकी थिइन ।

कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै  नगर पलिकाकी उप प्रमुख शान्ती नेपालले कारखानामा बालबालिकालाई श्रममा नलगाउन अनुरोध गरेकी थिइन । उनले नगर क्षेत्रमा रहेका कारखानामा बालश्रम प्रयोग गरेको पाइएमा कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने तथा कारखानामा बालबालिकाहरु माथि हुने विभिन्न हिंसाजन्य घटना भएमा कुनै पनि किसिमको दुव्र्यवहार भएमा वडा कार्यालय तथा नगरपालिकामा आएर उजुरी गर्न सकिने बताएकी थिइन। त्यसैगरि उनले कारखानामा  रहेका बालबालिकाहरुलाई शिक्षाको लागि  नगरले सहयोग गर्ने जानकारी दिदै  बाल मैत्री र बाल श्रम मुक्त नगर बनाउनको लागि सबै जनाको सहयोग आवश्यक रहेको जानकारी गराएकी थिइन् ।कार्यक्रमको समन्वय स्थानीय समाजसेवी तथा स्वास्थ्यकर्मी सन्जय आचार्यले गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।