“स्वास्थ्य पछी प्राथमिकतामा रोजगार”
कपन अनलाइन
काठमाडौँ, श्रावण ३० /अमर प्रकाश तिवारी
नेपालमा रोजगारको अबस्था र नागरिक को जन जीबन पछिल्लो समयलाई नियाल्ने हो भने सहज परिस्थिति भने पक्कै छैन । आकडा जे आए पनि रोजगारको अबस्था तुलनात्मक रूपमा खस्केको छ, यो बढ्दो बेरोजागरी आकडालाई नियन्त्रण गर्ने कसले जिम्मा लिन सक्छ ? दैनिक करिब १५ सयको हाराहारीमा बिदेशक रोजगारमा जाने तथ्यांकले देशको अर्थतन्त्रमा ठुलै टेवा पुगेको थियो । पछिल्लो चरणमा न स्वदेशमा रोजगार छ न बैदेशिक रोजगार फस्टाउन सकेको छ । दैनिक बैदेशक रोजगारमा जाने संख्या यदि माइतीघर मण्डलामा जम्मा भइ संबैधानिक व्यबस्थाको आधिकार सुनिस्चित गर, रोजगारको व्यवस्था गर भन्दै साँचै बेरोजगार युवाहरु सडकमा आए नेपाल सरकारले त्यो भीड नियन्त्रण गर्न के गर्ला भन्ने प्रश्न गर्दै, एक बैदेशिक रोजगार व्यबसाही भन्छन, हामी सरकारी काम गरिदिने राष्ट्र सेवक हौ, अनियमितता कहाँ छैन, तर राम्रो काम गर्ने को सम्मान हुनु पर्छ, हामीहरुको कामको सम्मान त खै, गरेको कामको त जस छैन, कसरी हुन्छ, उनि आक्रोस ब्यक्त गर्छन ।
अघिल्लो वर्ष कोरोनाको कहरले देशमा लामो समय जारी बन्दाबन्दीमा सबैभन्दा बढी समस्यामा श्रमिक परेको कुरो अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले जनाएको छ । गत वर्ष कोरोनाका कारण नेपालमा हरेक पाँच जनामा दुई जनाले रोजगारी गुमाएका तथ्यांक सार्बजनिक गरेको (आईएलओ) को आधारलाई प्राथमिकताका साथ् हेर्ने हो भने, यो बर्ष हरेक ५ जान मध्ये करिब ४ जनाले रोजगार गुमाउने निश्चित नै छ । ती रोजगारी गुमाएकाले भर्खर रोजगारी पाएको बेला कोरोनाको अर्को भेरियन्ट आएर त्यही रोजगारी पनि खोसिने आबस्था सिर्जना हुदै पनि गएको छ । गत बर्ष अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी)ले कोरोना महामारीका कारण सन् २०२१ मा स्वदेश र विदेश गरेर प्रत्यक्ष रूपमा १० लाखको हरारिमा नया रोजगारी गुम्ने आबस्थाको प्रक्षेपण सार्वजनिक गरेको छ । आईटीयूसीले यस अवधिमा विश्वमा एक करोड पचास लाखको हरारिमा रोजगारी गुमाउने प्रक्षेपण गर्दै नेपाल जस्ता श्रमिक निर्यात गर्ने देशले त्यो भन्दा अझै बढी प्रभावित हुने कुरो पनि सार्बजनिक गरेको थियो । त्यसो त आईटीयूसीले कोभिड–१९ का कारण सन् २०२० मा विश्वमा झण्डै दुई करोड ५० लाख रोजगारी गुमेकोमा त्यस अवधिमा १० लाखले नेपालमा रोजगारी गुमाउने प्रक्षेपण गरेको थियो ।
नेपालका ट्रेड युनियनकर्मीहरूले गत वर्ष कोरोनाका कारण विदेश र स्वदेशकै बैदेशिक रोजगार, होटल, पर्यटन, उद्योग, प्रतिष्ठानलगायत स्वरोजगार गरेर आईटीयूसीले प्रक्षेपण गरेभन्दा बढी नेपालीले रोजगारी गुमाएको दाबी गरेका थिए । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) का अध्यक्ष जगत सिंखडाले नेपालको एक चर्चित पत्रिकालाई भने अनुसार अघिल्लो वर्ष झैँ श्रमिकले काम छोड्नुपर्ने अवस्था आएमा श्रमिकलाई नेपाल सरकारले थेग्न नसक्ने रहेको उल्लेख गरे । समग्र तथ्य केलाई बाहिरि आबस्था हेर्दा देशमा रोजगारको आबस्था लगभग सुन्य नै रहेको छ भने अर्क तर्फ बढ्दो महंगी, अनुपातिक खर्चमा वृद्धि, बढ्दै गएको बेरोजगारी, आदि सबैलाई केलाउदा भोकमरी र आन्तरिक कलह बढ्ने संकेत देखिन्छ । अहिले नेपाल सरकारको सम्पूर्ण संयन्त्र जनस्वास्थ्यमा केन्द्रित हुदै गर्दा अन्य क्षेत्र अन्योल तथा कुनै क्षेत्र त तहस नहस नै भएको छ । शिक्षा, दैनक आवश्यकता, पानि, सडक, रोजगार, ब्यबसाय, उत्पादन, बैदेशिक मुन्द्रा, ब्यापार र अन्य राष्ट्रिय महत्वका क्षेत्रहरु आहिले ओझेलमा परेको छ । विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो प्राथमिकता कोभिड-१९ को महामारीबाट नागरिकलाई जोगाउनु भएको बताउदै “अहिलेको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप । तीनवटा प्राथमिकता खोप, खोप, खोप।
जिन्दगी बचाउनु सबैभन्दा ठूलो कुरा हो । हाम्रो प्राथमिकता भनेको खोपबाहेक अरू केही छैन” भन्दै गर्दा जुन वाहि वाहि पाएका थिए त्यसलाई अझैँ ब्यापकता गर्दै नेपाल सरकारले दोस्रो क्षेत्र रोजगारको व्यवस्थानमा ध्यान दिनु पर्ने देखिन्छ । ब्यबस्थित रोजगारले अमनचैन कायम गर्न मद्द्त पुग्नुको साथै अर्थ चलायमान रही कोरोना पछिको थपिएको आर्थिक भारलाई मत्थर गर्ने प्रयास गर्दछ, एक अर्थ बिध को भनाइ । दैनिक ज्यालादारी होस् या माषिक काम गर्ने श्रमिक जो कोहि पनि यो कोरोना महामारीले अत्यधिक प्रभाब पारेको प्रस्ट छ । रोजगारको निरन्तरता र नया रोजगारको व्यवस्थाले ले नै देशमा अन्य कस्ट आउन दिदैन, चौपट ब्यबसाय, खस्कदो रोजगार, आकासिदो बाजार भाउ र अस्थिर अर्थब्यबस्था सुधार्न ब्यबस्थित योजना सहित सरकारी योजना तर्जुमा हुनुपर्छ । जसरी जनस्वास्थ्यमा सरकारको सम्पूर्ण संयन्त्र लागेको छ त्यसरीनै सम्पूर्ण संयन्त्रले देशको अन्य क्षेत्र पनि समेट्ने हो साचै सम्ब्रिधि आउछ नै, सबै नागरिकोको एकै आवाज नेपाल सरकारको आगामी रणनीति जनमुखी होस् ।