मेरा पाँच मुक्तकहरु : निर्मल रमण पराजुली
कपन अनलाइन
काठमाडौँ, श्रावण २३।
१. बाल युवा हुँदै यो जीवन, सत्तरी बर्ष कटेपछी
हात खुट्टाले साथ छोड्छ, बाच्ने उमेर घटेपछी
छोरा छोरी कसैको अपमान, हेला सहनु पर्ने छैन
सम्पत्ती आफ्नै नाउमा राखी, मियो बनी डटेपछी
२. नौ महिना गर्भमा राखी, सन्तानलाई पाल्दा आमा
सङ्क्रमित भै कोरोनाले, तिमीलाई ढाल्दा आमा
आज ति नै सन्तानले, छी छी दुर्दुर गर्दा लाग्छ
हृदय कति फाट्यो होला, आशुले पिडा गाल्दा आमा
३. साहित्य सेवा शब्द, भाबको पुजा गरेर हुन्छ
अमर अजर रचनाले, साहित्य भण्डार भरेर हुन्छ
अध्यक्ष हुँदैमा माला, भिर्दैमा साहित्य सेवा हुँदैन
मन वचन कर्मले, शब्दको सुगन्ध छरेर हुन्छ ।।३।।
४. सोर बर्ष पुगे छोरो, पनि साथी हुन्छ
असल संस्कारले ऊ, सधैँ माथी हुन्छ
उस्को असल कर्मले, बाबु भनेर चिनिदा
पहिला गर्बले फुल्ने, मेरो यो छाती हुन्छ ।।४।।
५. त्यो सहरकी मान्छे तिमी, गाउँमा मायाँ लाउँदाखेरि
गाह्रो होला शहर छोडी, दुर्गम गाउँमा आउँदाखेरि
प्रेम गरे जस्तै सहज, कहाँ हुन्छ जीवन जिउन
कसो गर्नु रोयौ भने, मेला पातमा धाउँदाखेरि ।।५।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक