भानुभक्त मेमोरियल स्कुलमा विभिन्न विषयका शिक्षक माग

भानुभक्त मेमोरियल स्कुलमा विभिन्न विषयका शिक्षक माग

कपन अनलाइन

काठमाडौं, फागुन २५।

Bhanubhakta Memorial Schoolले विभिन्न विषयका लागि शिक्षक पदमा आवेदन आह्वान गरेको छ।

विद्यालयका अनुसार प्राथमिक तहका लागि अंग्रेजी र गणित विषयमा शिक्षक आवश्यक रहेको छ। यसका लागि सम्बन्धित विषयमा कम्तीमा १०+२ उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ।

त्यसैगरी तल्लो माध्यमिक तहका लागि गणित र विज्ञान विषयका शिक्षक माग गरिएको छ। उक्त पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको छ।

माध्यमिक तहका लागि गणित र कम्प्युटर विषयका शिक्षक आवश्यक रहेको छ। यी पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड राखिएको विद्यालयले जनाएको छ।

यसैगरी कला (Arts) विषयमा पार्ट–टाइम शिक्षकका लागि पनि आवेदन खुला गरिएको छ। यस पदका लागि कला शिक्षा वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले आफूले आवेदन दिने विषय उल्लेख गरी हस्तलिखित निवेदन, पासपोर्ट साइजको फोटो, बायोडाटा (CV) तथा आवश्यक शैक्षिक प्रमाणपत्रसहित विद्यालयको रिसेप्सन डेस्कमा बुझाउन वा इमेलमार्फत पठाउन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन २७ गतेसम्म तोकिएको छ।

तपाइँको प्रतिक्रिया ।