निद्रा प्रसङ्ग : मुक्तिनाथ शर्मा (कविता )
कपन अनलाइन
काठमाडौँ, श्रावण २३।
प्राणीका निम्ति आहारा जस्तै निद्रा पनि छ जो
नलागे रातमा निद्रा प्राणी आत्तिन्छ सत्य हो
निद्रा लाग्दै नलाग्नाले आत्तिए धृतरष्ट्रजी
बोलाइए महाज्ञानी महामन्त्री बिदुरजी ।।१।।
भने बिदुरले राजन् ! अहिले मध्य रात छ
सबै सुतिसकेका छन् सुत्न्यै समय हो नि त
किन बोलाइएको हो मैले के गर्नपर्दछ
आज्ञा भए म त्यै गर्छु स्पष्ट भन्नुपर्दछ ।।२।।
बिदुरबाट जिज्ञाशा यसरि राखियो जव
राजाले मनका बात पोखे बिदुरजी संग
दुत सञ्जय फर्केर आए के के भने गए
भोलि भेट भने मैले आज फर्काइ नै दिएँ ।।३।।
उता कस्ले भने के के भोलि भन्लान् सबै कुरा
भन्ने सम्झेर चिन्ताले पोल्न थाल्यो प¥यो पिर
यि नै कुरा छिरे मन्मा निदाउनै सकिन म
भन यस्तो अवस्थामा के गरेर निदाउँ म ।।४।।
भन्छन् बिदुर हे राजन् ! आफु भन्दा बडा संग
जस्को सम्बन्ध बिग्रिन्छ निद्रा पाउन्न त्यो तव
दुर्वल साधन हिन् जा्े छ जस्को सर्वश्व भैसक्यो
निद्रा आनन्द पाउन्न कामी वा चोर जो छ त्यो ।।५।।
हे नरेन्द्र ! कतै यस्तै कुरा हजुरमा प¥यो
पराइ धनमा लोभ लागेर कष्ट पाइयो
त्यसैले निद आएन मनमा चिन्तन बढ्यो
पवित्र मन पारेर झट्टै निदाउन प¥यो ।।६।।
सुनि बिदुरका यस्ता धर्मयुक्त कुराहरू
बुभ्mयो चित्त महाराज भन्न थाले खुरु खुरु
बुझेछौ मनका बात साँच्चै विद्वान हौ तिमी
तिम्रा अमृत बाणी यि राख्नेछु मनमा थुनी ।।७।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक