नेकपा एमालेको स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित

कपन अनलाइन

काठमाण्डौ,साउन १६ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनिर्णयको बन्दी भएर नबस्ने भन्दै शनिबार अपरान्ह ३ बजेका लागि बैठक बोलाएका थिए ।

भीम रावल लगायतका नेताहरूले अझै पनि प्रक्रिया पूरा गरौं भनेर गरेको आग्रहलाई अध्यक्षले सकारात्मक रूपमा लिएर बैठक आइतबार ३ बजेसम्मलाई स्थगित गरेको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिए ।

उनका अनुसार बैठक बसे पनि एजेण्डामा प्रवेश नगरी स्थगित भएको हो । आइतबार दिउँसोसम्म टुङ्गो नलागेमा अब एमाले माधव नेपाललाई नपर्खी अघि बढ्ने नेताहरूले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।