“राजनीतिक बुस्टको पत्रकारिता”
कपन अनलाइन
काठमाडौं श्रावण १५/ अमर प्रकाश तिवारी
अलि फरक प्रसंगमा एक शिर्ष नेताले भन्नु भयो पत्रकार नहुने हो भने राजनीतिबाट सन्यास लिए पनि हुन्छ, संचार माध्यामको चर्चामा रहनेको नै पार्टीमा हाली मुली हुने गर्छन, शक्ति र जनता पनि उतै हुन्छन । हामीले समग्र बिश्वलाई केलाउने हो भने आम सञ्चार तथा पत्रकारिता जगत बर्तमान राजनीतिको शक्तिशाली अस्त्र रहेको छ जसको माध्यामबाट राजनीतिक छबिमा स्वत परिबर्तन देखा पर्दछ । पत्रकारिताको साथ नपाउदा राजनीतिज्ञले आफ्नो परिचय गुमाउने आबस्था पनि रहेको छ । त्यति मात्र नभएर आमसञ्चार तथा पत्रकारिता मानवीय सभ्यता, संस्कृति, विकास र समृद्धिको महत्वपूर्ण आधार र अपरिहार्य तत्व बनेको छ ।
अहिलेको विश्वमा जसको हातमा मिडिया छैन, मिडियामा पहुँच छैन, ऊ अत्यन्तै कमजोर मानिन्छ । अलिकति इतिहास हेर्ने हो भने एडमन्ड वर्कले प्रेसलाई चौथो अंगको रूपमा ब्याख्य गरेपछि बिश्व जगतमा पत्रकारितालाई सम्बन्धित रास्ट्रको चौथो अंग या चौथो शक्तिका रूपमा मान्न थालियो । तेस्तै फ्रान्सका नेपोलियन बोनापार्टले चार विरोधी पत्रिकालाई चार हजार सेनाभन्दा डरलाग्दा हुने घोषणा गरे पश्चात पत्रकारिता क्षेत्रलाई राजनीतिक शक्ति प्राप्ति गर्न तिर पनि प्रयोग हुन थालेको आनुमान गरेको पाइन्छ । बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले पत्रकारितालाई कहिल्यै नसुत्ने र जनताको स्वतन्त्रताको रक्षा गर्ने अभिभावकको रूपमा परिभाषित गरेका थिए ।
सूचना सम्प्रेषण गर्न जागा बस्ने र जनताको स्वतन्त्रताको रक्षा गर्ने कुरो बास्तबमा नेतृत्व तह बाट नै हुने हुनाले उनको भनाईमा नेतृत्वहरुको वकालत गर्ने आभिप्रयाले नै प्रेस चल्छ भन्ने आसय हुनु पर्छ । नेपालमा पनि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संघर्षमा प्रेसको अग्रणी भूमिका रहेको पाइन्छ । २०४६ को आन्दोलन होस् या राज सस्थाको अन्त्य या अझ भन्नु पर्दा द्वन्दकालमा प्रेस जागतले राजनीतिक संरचन भत्काउन जोडदार लाग्यो, जंगल देखि सडककालाई सदन सम्म पुर्याउन सहयोग पनि गरेको इतिहास छ । समग्र सन्दर्भलाई केलाउदा कुनै शक्ति सिध्याउने या प्राप्तिको लागि संचारजगत को साथ् हुनु पर्ने कुरो नेपालका सत्ता परिबर्तन संगै अरु धेरै प्रष्ट उदाहरण पनि छन् । उता पश्चिमाहरुको हेराइमा पत्रकारिता गाली गर्न योग्य पेसा हो । तर राजिनिज्ञहरु पत्रकारितालाइ पूर्ण प्रयोग गर्छन र राज्य बर्चश्व कायम गर्न खोज्छन भन्ने आरोप लागेको छ ।
कतिपय अवस्थामा पश्चिमी राष्ट्रमा चुनाबी ताका स्वतन्त्र संचार माध्याम प्रयोग गरि आम नागरिकको ध्यान आकर्षण गर्ने प्रयास गरिएको हुन्छ । हुन त पश्चिमा मात्र नभएर आहिले संसार भरिनै चुनाबी आभियानमा संचार माध्याम प्रयोग हुदै आयको छ । नेपालमै पनि चल्दै गरेको नेपाली कांग्रेसको माहादिबेशनमा सामाजिक संजाल बाट व्यक्ति हाबिका सूचना सम्प्रेषण गरि मतदाताको ध्यान आकर्षण गरिएको पाइन्छ । यद्यपि अहिले माहाधिबेशनको तोकिएको तिथि अनिश्चित कालको लागि स्थगित गरिएको छ र पनि माहाधिबेशन हुने सम्बाभ्यतालाई मध्यनजर गरि ब्यक्तिगत तबरबाट स्थानीय देखि उच्च तहका उमेदवारहरुको प्राय जसो मत तान्ने धेरै उपाय संचार माध्याम बाट नै प्रस्तुत गरेका छन् । संचारमा राजनीतिक हाबी भएको प्रष्टै देखिएको छ ।
पूर्वराष्ट्रपति थोमस जेफर्सनले भनेका थिए, “अरू केही नपढेर पत्रिका मात्र पढ्ने मानिसभन्दा बरु केही पढ्दै नपढ्ने व्यक्ति बढ्ता शिक्षित हुन्छ” । उनको आशय हो- पत्रिका पढ्नु भनेको पत्रिकामा जे लेखियो त्यो मात्र बुझ्नु हो । राजनीतिज्ञले आफ्नो हितको लागि संचारमाध्यम बाट जे सूचना सम्प्रेषण गर्न लगायो त्यो नै आम मानिसले बुझ्ने भए, अरु मिथ्या हुने भन्ने आशय हुनुपर्छ । नेपालकै सन्दर्भमा मुल्यांकन गर्ने नै हो भने दैनिक आउने समाचार तर्फ एकपटक नियाल्दा यदि स्वतन्त्र पत्रकारिता हुन्छ नै भन्ने ठोकुवा गर्न सकिदैन । स्वतन्त्र तथा सक्तिशाली राज्यको चौथो अंगले कुनै सूचना सम्प्रेषण गर्दा त्यो सुचनाको जड सम्म नपुगी या भनौ त्यो सुचनाको अन्त्य नहुदा सम्म किन निरन्तरता पाउदैन भन्ने नै हो । सुन काण्ड, हत्या काण्ड, बलात्कार, भ्रष्टाचार, राजनैतिक आडमा गरिने दण्डहीनता आदि धेरै उदहारण छन् जुन सूचना सम्प्रेषण हुदै गर्दा बिचमा फेरी त्यस्ता सूचना अचानक लोप हुन्छन । २०औँ शताब्दीसम्म नेतृत्वको सफलताको मापन धेरै हदसम्म उसको त्यागले निर्धारण गर्यो । समय बदलियो, अहिले प्रचार गर्नेको नेतृत्व सफल देखिन्छ ।
त्याग का राजिनित अब इतिहास भए आहिले बल, र देखावटीको राजिनित बालियो भयो । २१औँ शताब्दीको अबको नेतृत्वको सफलताको मापन आदर्शले मात्रै गर्न सकिँदैन । अबको राजनीतिले नेताको योगदान, नेताले लिएको निर्णयको दूरगामी असर र त्यसले आममानिसको जिन्दगीमा ल्याउने प्रभावसमेत हेरेर मूल्यांकन गर्नेछ । र त्यसलाई मापन गर्ने कार्य आमसंचारको रहने छ । नेपालका आघिल्ला प्रधानमन्त्रीका सन्दर्भमा नेपाल लक्षित भारतीय पत्रकारहरुको नेपालको संदर्म्भमा निकै पेचिला प्रस्तुतीकरण गरे जसले भारत लगायत बिश्वलाई नेपाल छुट्टै राष्ट्र भएको एक स्वतन्त्र देश भएको परिचय गराउन मद्दत पुग्यो, कहिले काही ति बीच अपरिचितहरुकालाई नेपाल एकाएक चर्चामा पनि आयो । मतलब सूचना जे जसरी आएपनि नेपालको परिचय गाडा बनाउदै लग्यो ।
नेपालमै चाहि देशको चुच्चे नक्शामा प्रधानमन्त्रीको छबी प्रभावित बनेको थियो । पछि देशको चुच्चे नक्सामा निरन्तरताको खाचो हुदा फेरी एक किसिमको प्रचारबाजी जस्तै हुन पुग्यो र पछि त्यो चुच्चो पनि हरायो । यहि बास्तबिकता को अध्यान बिना प्रचार गर्ने संचार प्रबिधिले तत्कालिन प्रधानमन्त्रिको उकालो लागेको छबी केहि महिनामा मै पुनः तल झारिदिए । पश्चिमा पनि २०१७को चुनाब ताका संचार जागतले नै डोनाल्ड ट्रंप प्रसासनलाई जितायो र लगतै त्यही संचारले ट्रंप लाई हराएको नजिर छ ।
ट्रंपले राष्ट्रियताको नारा सहित् मेक्सिको सीमामा पर्खाल लगाउने कुरोले चुनाब जिते, सबै संचारले समर्थन पनि गरे, असफल र असम्भब नारालाई आमसंचारले प्रचार गर्न लागेको आरोप पनि लाग्यो र जसको कारण अर्को कार्यकालमा तिनै संचार जगतको आसहयोगको कारण उनको पतन पनि भयो । बास्तबिकता र सहि मुल्याकन नगर्नाले एकचरण अमेरिकामा ट्रंप को उदय भयो र अर्को चरणमा पतन भएको इतिहास छ । नेपालमा पत्रकारिता जगत राजनीतिक आडमा अडेको देखिन्छ जसले नेताको राजनीति अड्याउने सस्कृति बिकास भई लक्ष्य अनुरुप देशको सम्वृद्धि ओझेलमा पर्न जाने निश्चित छ ।