गोकर्णेश्वर ३ मा राष्ट्रिय युवा संघ नेपालको वृक्षारोपण
कपन अनलाइन
काठमाडौँ,श्रावण १६ । सार्वजनिक जग्गा र बन जंगल उत्खनन बन्द गरि भूमाफियाको संरक्षण बन्द गरौ, प्रकृतिमाथिको दोहन बन्द गरौ भन्ने मूल नाराको साथ गोकर्णेश्वर नगरपालिका वडा नं ३मा वृक्षारोपण गरिएको छ ।
आज बिहान राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ,क्षेत्र नं ३को आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं ३ साबिक बालुवा ५ ढाडे पाँखाको पहिरो जोखिम स्थानहरुमा वृक्षारोपण गरिएको हो । उक्त स्थानमा करिब १५० वटा बिभिन्न प्रजातिका बिरुवा वृक्षारोपण गरिएको आयोजकले जानकारी गराएको छ ।
जलवायु परिवर्तनका असर न्यूनीकरण तथा पर्यावरणीय संरक्षण गर्दै बातावरण सन्तुलन कायम राख्न पनि वृक्षारोपण गर्नु आवश्यक भएको हुँदा राष्ट्रिय युवा संघ नेपालले वृक्षारोपण कार्यलाई प्राथमिकता दिदै आएको आयोजकले जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।