कागेश्वरी मनोहरा १ गागलमा बृक्षारोपण

कपन अनलाइन

काठमाडौं, श्रावण १६ । हरेक बर्ष हरेक नागरिकले रुख रोपौ, हरियाली जोगाउ भन्ने मूल नाराको साथमा गत वर्ष जही चलचित्रकर्मीहरुको स्मृति तथा कोभिड १९ बाट मृत्यु भएकाहरुको सम्झनामा ग्लोबल एक्टर्स फेडेरेसन (विश्व कलाकार महासंघ) तथा बक्स अफिस नेपालको साखा कार्यलय कागेश्वरीको आयोजनामा  कागेश्वरी मनोहरा १ गागलमा बृक्षारोपण  गरिएको छ ।

साउन १५ गते शुक्रबार  कागेश्वरी मनोहरा नगरपालिका उप प्रमुख बिन्दु सिंखडा पुडासैनीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका    वडा नं. १ का अध्यक्ष मुकुन्द गजुरेल वडा सदस्य दल बहादुर  लामा ,रमा ढकाल, क्याप्टेन बिजय लामा कलाकार घिरेन शाक्य लगायतका कलाकार तथा स्थानीयको उपस्थिति रहेको थियो  ।

उक्त स्थानमा  करिब २ सय वटा बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएको आयोजकले जानकारी गराएको छकाठमाडौं जिल्लाकै उत्कृष्ट पर्यटन नगरीमा सुटिङमा आउन सम्पूर्ण कलाकर्मीलाई निम्तो दिँदैवडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले   सहभागी कलाकारलाई  अनुरोध गरेका  थिए ।

 

तपाइँको प्रतिक्रिया ।