Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/Capture-rr-1024x427.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

टोखा नगरपालिकालाइ चीनको नाङसु नगर द्वारा दोस्रो पटक स्वास्थ्य सामग्री सहयोग

कपन अनलाइन

काठमाडौं श्रावण १६। टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।नाङसु सिटिले सहयोग गरेको स्वास्थ्य सामाग्रीहरुमा पिपिई सेट, सेनिटाइजर, एन–९५ मास्क, अक्सीजन कन्र्सनट्रेटर र सिलिण्डर, सर्जिकल मास्क, टप ग्लोभ्स, स्ट्राइल ग्लोभ्स, सर्जिकल ग्लोभ्स, अक्सीजन स्लाइडर, हेड कभर, फुट कभर, एन्टिजेन टेष्ट किट र फेस सच लगायतका १३ प्रकारका स्वास्थ्य सामाग्री नेपाली मुल्यअनुसार करिव १ करोड बराबरको रहेको नगर प्रवत्ता बच्चुराम बस्यालले बताएका छन् ।

टोखा नगरप्रमुख प्रकाश अधिकारी सहित वडाअध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत र  लेखा प्रमुखको टोलीले केही दिनअघि रसुवाको केरुङ नाकामा गएर उक्त  सामाग्री बुझेका हुन्  ।गत वर्ष पनि नाङ्सुले टोखालाई करीब दुई करोड बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो । ती दुई नगरका बीचमा भगिनी सम्बन्ध छ ।स्वास्थ्य सामाग्री बुझ्दै टोखा नगर प्रमुख प्रकाश अधिकारीले नाङसु सिटीलाई धन्यवाद प्रकट गर्दै टोखा भ्रमण गर्नका लागि अनुरोध  गरेका छन ।कोरोनाको दोस्रो महामारीले टोखा नगरपालिकालाई ग्रसित पारिरहेको अवस्थामा नाङसु सिटिले सहयोग गर्ने वचन दिए अनुसार  सामान बुझेको बताउदै   नगर प्रमुख अधिकारीले  स्वास्थ्य सामाग्रीहरु कोभिड लगायत अन्य जुनसुकै प्रकारका रोगले ग्रस्त नगरबासीहरुमा अक्सीजनको अभाव अब नहुने  बिश्वास ब्यक्त गरेका छन्  ।

तपाइँको प्रतिक्रिया ।