“बेरोजगारीलाई झन जटिल प्रणाली- युवाहरूहरुको गुनासो”

“बेरोजगारीलाई झन जटिल प्रणाली- युवाहरूहरुको गुनासो”

कपन अनलाइन 

काठमाडौँ, श्रावण  ९ /अमर प्रकाश तिवारी 

२० बर्ष सम्म बैदेशिक रोजगारमा आबद्ध विष्णुदेव आहिले तनाबमा छन् । उनि बैदेशिक रोजगार बाट फर्केको पनि लगभग एक बर्ष हुन लग्यो । कोरोना कहर संसारमा फैलिदै गर्दा उनको बैदेशिक रोजगारको यात्रा करिब २० वर्ष कटेको थियो । उनि आफ्गनिस्तान हुदै, साउदी र कतारमा १६ बर्ष बिताए पछी आन्तिम ४ बर्ष दुबईमा काम गरेका थिए । हाल उनि बेरोजगार छन भने, बैदेशिक रोजगार जाने खासै इच्छा पनि छैन । नेपालमा कृषि पेशामा आबद्ध हुने उनको आभिलाषा त थियो नै तर आफ्नो जमिन नभएकोले सहज भने थिएन ।
सम्पतिको नाउमा आफु बस्ने घर आगन भन्दा अरु जग्गा नभए पछी उनि सरकारी निकाए, बैंक वित्तीय सस्थाहरु, प्रधानमन्त्री रोजगार कार्यक्रम आदि ठाउमा प्रक्रिया अनुसार कृषिको जमिन र कृषिकै लागि लगनी जुटाउन लागे । बैदेशिक रोजगारबाट फर्के देखि नै उनले यो प्रयास गरेका रहेछन । उनीसंग वडाको सिफारिस देखि घरको चारकिल्ला, नक्शा ब्लुप्रिन्ट, काम गर्ने जागर सबै छ तर उनि संग काम गर्ने जमिन र लगानी गर्ने थोरै पैसो छैन । बिदेश बाट ल्याएको पैसो कागजात बनाउन, बच्चाहरुको पठन पाठन, घर घरायसी र बर्ष दिन सम्म बेरोजार हुदा खर्च भएको रहेछ । “खै हामीले त गरिखाने ठाउ नै भएन, हुन्छ मात्र भन्छन तर एक बर्ष भयो धाएको, …कसैले गर्दैनन् । के गर्ने, पुनः विदेश जान पनि आहिले बन्द नै छ, फेरी उमेरले पनि दिदैन” । लामो सुस्केरा हालेर उनि दिक्दारी जनाउछन ।
उनले सम्पर्क गरेको बैंकिंग निकाय संग परामर्श गर्दा, उनको नयाँ सस्था भएको, सस्थाको आर्थिक परिचालन नदेखिएको, ऋण तिर्ने ठोस आम्दानीको श्रोत नखुलेको, धितोको मुल्यांकन नपुगेको, ऋण असुलीकारणमा पर्याप्तता नदेखिएको, ठोस आधार र बिस्वसिलो नदेखिएको, जटिल राष्ट्र बैंकको नीति आदि आदि जस्ता कुरोले गर्दा उनलाई ऋण दिन नमिल्ने तथ्य पाइयो । “नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सीपयुक्त आवश्यक जनशक्तिको विकास, श्रमको क्षेत्रमा सामाजिक सुरक्षा र व्यवसाय जन्य स्वास्थ्य र सुरक्षाको प्रवर्द्धन । …. … वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सीप, प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु पनि यसै मन्त्रालयको जिम्मेवारी रहेको छ” भनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वेब-साइट स्पस्ट नेपाली भाषामा लेखिएको छ (https://moless.gov.np) ।
यो कुरो उनलाई पनि थाहा छ, र तेसैको आधारमा पनि उनले धेरै धाएको गुनासो गर्छन । तर यो नेपाल सरकारको आश्वासन मात्र भएको तर्क पनि गर्छन । एक ससक्त युवा, जो संग जागर छ, जोस छ केहि गर्ने आभिलाषा छ, उ हरेक दिन प्रयास गर्दै आएको गुनासो गर्छ । तर उसले कतै बाट पनि कुनै तरिकाले पनि सयोग पाएको छैन । उ आफ्नो भएभरको सम्पति धितो बन्दकी राखेर देश भित्रै ब्यबसाय गर्न चाहन्छ, जसको सुनिवाई कहिँ कतै बाट पनि भएको छैन । युवाहरुको हरेक दिन कहिले मेनपावर धाउने, काहिले काम खोज्ने, कहिले स्थानीय नेता संग गुनसो गर्ने, कहिले वित्तीय संस्था संग हारगुहार गर्ने, जस्ता दैनिकी, आजकाल युवाहरुको प्रबिधि नै बेनको छ । रोजगारको खोजि गर्ने, सहर पस्ने, गाउमै पनि निरन्तर सम्बन्धित स्थानमा कोसिस गर्ने र अनेक प्रयास गर्ने देखिएको छ ।
तर कहिँ कतै बाट, यी यस्ता बेरोजगार युवाहरुको लागि सहयोग गर्ने या सम्बोधन हुने काम भने भएको छैन । यद्यपि कहिकतै भएको सुनिएका छन्, तर ती साधारण युवा नभएर असाधारण या भनौ कुनै राजनैतिक दलका कार्यकर्ता भएको पनि पुष्ठी भएको छ । “हामी यहाँ छौ” भनि सडकमा पलेटी कस्दै गर्दा यी युवाहरुको कुरोलाई लिएर कहिँ कतै बोलेको पाइएन, न कुनै दलले यी युवाहरुलाई सम्बोधन हुने गरि भाषण छाडे, न आन्दोलन नै गरे । जुनसुकै दल मन्त्रिपरिषदमा जादा होस् या प्रतिपक्षमा बस्दा होस्, युवाहरुको रोजगारीमा बहस गरिएको पाइएन । अझै भन्नु पर्दा न कुनै संसद या मन्त्रालयमा यिनीहरुको बिषयमा सम्बोधन हुने या प्रतिकृया भएको पाइयो । तर तिनलाई सत्तामा पुर्याउन होस् या सत्तामा भएकालाई सत्ताच्युत गर्न होस्, तिनै युवाहरुलाई प्रयोग गरेको चाही देखिन्छ । युवाहरुको योगदानबाट के प्राप्ति भयो या उपलब्धि भयो भन्ने मूल बिषयको उठान गरि समिक्षा गर्ने बेला आएको छ । राजनैतिक दल होस या सामाजिक आभियांता या कुनै संघ संगठन जे होस्, जो होस्, यहाँ मात्र स्वार्थ सिद्धको लागि युवाहरु परिचालन हुन्छन र स्वार्थ सिद्ध पछि ति युवाहरुलाई किनारा लगाई पुनः ति युवाहरुमाथि राज गर्छन, आक्रोस पोख्दै एक युवाले भन्छन ।
देशमा यस्तो प्रणाली बिकास गरिएको छ, न युवाहरु रोजगार पाउछन्, न सहज बैदेशिक रोजगार जान पाउछन । करिबन पचास लाख भन्दा बढी बैदेशिक रोजगार सिर्जना गरि युवाहरुलाई रोजगार दिलाई, स्वाबलम्बी तथा दक्ष बनाउनु बैदेशिक रोजगार र त्यस संग आबद्ध संस्थाहरुको अतुलनीय योगदान छ । राज्यले गर्ने कार्य बैदेशिक रोजगार र त्यस संग आबद्ध संस्थाहरुले गरेको तर ति सस्थाहरुमा राज्यले लिएको बाध्यात्मक नीति तथा अदुरदर्शी प्रणालीले बैदेशिक रोजगार गुम्दै गएको देखिन्छ । सरकार आफै पनि रोजगार ब्यबस्थापन गर्न नसक्ने र रोजगार ब्यबस्थापन गर्ने प्राइभेट निकायहरुमा पनि बिबिध अप्ठ्याराहरु सिर्जना गर्ने आरोप यस संग समबद्द ब्यवसायीहरुको रहेको छ । एक युवा विदेश जान्न अब देशमै काम लाग्छु भन्दै गर्दा, त्यसमा राज्यले सहजीकरण गर्ने दाइत्व रहन्छ ।
राष्ट्र बैंकको नीतिमा या बैंकिंग प्रणालीमा सहजीकरण गर्ने नीति राज्यले लिनु पर्छ जसले गर्दा विष्णुदेव जस्ता पात्रले प्रक्रिया र प्रणालीमा सहजीकरण होस । राज्यले रोजगार सिर्जना गर्न नसक्ने अवस्थामा बैकल्पिक ब्यबस्थापन गर्ने कार्यमा बिषेश पहल गर्नु पर्ने हुन्छ र रोजगार सिर्जना गर्ने प्राइभेट निकायहरुलाई अझ भनौ बैदेशिक रोजगारका संघ संस्थाहरुलाई ब्यबस्थित, मर्यादित तथा परिमार्जित गर्दै, देखिदै आएको अनियमितता न्यूनीकरण तर्फ ध्यान दिनु पर्छ । त्यस्तै विष्णुदेव जस्ता पात्रहरुलाई हदै सम्मको सुबिधा दिई, बैंकिंग प्रणालीमा सहजीकरण गराउने, आवश्यक शीप तालिमको व्यवस्था गर्ने नया नीति पनि व्यवस्था गरिनुपर्ने छ ।
तपाइँको प्रतिक्रिया ।