ज्ञान प्रदान गर्नेहरु प्रति सम्मान : प्रकाश अधिकारी

ज्ञान प्रदान गर्नेहरु प्रति सम्मान  : प्रकाश अधिकारी

कपन अनलाइन

काठमाडौँ, श्रावण ९/ प्रकाश अधिकारी

 वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । अन्धकाररुपी अज्ञानलाई प्रकाशतर्फ डोर्याउने  कार्यमा निरन्तर क्रियाशिललाई नै गुरु मानिन्छ । पहिले पहिले गुरु भन्ने वित्तिकै गायत्री मन्त्र सिकाउने गुरु, दीक्षा दिने गुरु र धनुँबाण सिकाउने गुरु आदीलाई मानिन्थ्यो तर गुरुको परिभाषा अहिले विशाल भएको छ ।

 व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ । आजभोली विद्यालय, कलेज तथा विश्वविद्यालयहरुमा पनि गुरु पुर्णिमालाइृ विशेष दिनकौ रुपमा मान्ने गरिन्छ ।

उक्त दिन गुरुलाई उपहार दिनै , आर्शिवाद लिनै तथा माठाई खुवाउनै गरेको पनि देखिएको छ । ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः ॥ अर्थात् “हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देउ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।”

 यो संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र अध्यात्मिक शान्ति होस् । उपनिषदबाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञानरुपी उज्यालो र त्यस्को महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहण गर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।

समाजमा गुरुप्रति सम्मान गर्नेहरुकौ कमि देखिदै गएको छ । स्याङजाको एक विद्यालयका शिक्षकलाई आफ्नै विद्यार्थीले  भीर वाट खसालेर मारेको घटना पनि धेरै वर्ष अगाडीकौ होइन । शिक्षक प्रति दुव्यहार गर्ने घटनाहरु धैरै भेटिएको छ । मूलय र मान्यता अनि गुरु प्रति आर्थिक सम्पन्नताको नजरले हेर्ने गरैको कारणवाट पनि यस्तो देखिएको छ ।शिक्षकहरुको आर्थिक सम्पन्नता अन्यकौ तुलनामा कम दखिने गरेको कारण र हाम्रो समाजले पढेलेखेको र भलादमीलाई भन्दा तडकभडकपनलाई प्राथमिकतामा राखैकौ कारणवट नेपाली समाज धेरै पछाडी धकेलिएको हो । तर हाम्रो समाजमा गुरु प्रति सम्मान गर्ने पनि भैटिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ निवासी हरिवोल विष्टले आफुलाई विस वर्ष भन्दा अगाडी अध्यापन गराउने  गुरु चन्द्र पौडेल जो क्यान्सर रोग वाट पिडित भई अत्यन्त नाजुक अवस्थालाई दैख्न नसकेर उहाँको किचेनका सामान , खाद्यान्न तथा लत्ताकपडा हरु नया किनिदिएर तथा घरको सरसफाई समेत गरिदिएर यो समयका एकलव्यको रुपमा आफुलाई उभ्याउनु भएको छ। उहाँको त्यो पवित्र कार्यलै हाम्रो समाजमा केहि आशालाग्दो किरण पनि देखा परेको अनुभव गराएको छ। आज मात्र होइन ३६५ दिननै गुरु प्रति सम्मान गर्ने वातावारण सृजना गर्न दैश, समाज र राज्य अग्रसर रहोस । गुरु पूर्णिमाकौ अवसरमा  ज्ञान प्रदान गर्ने सवैलाइ सम्मान ।

तपाइँको प्रतिक्रिया ।