कलङ्कीबाट सात जुवाडे पक्राउ

कलङ्कीबाट सात जुवाडे पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,साउन ८ ।

काठमाडौं कलङ्कीबाट ७१ हजार रुपैयाँसहित सात जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित चन्द्रागिरी नगरपालिका–८ बस्ने ५० वर्षीय रविन बिडारीको ल–फर्मभित्र तास खेलिरहेको अवस्थामा बिडारी लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय रूपैयाँ, १ थान तास खेल्न प्रयोग हुने उपकरण र ६ बुक ताससहित पक्राउ गरेको हो ।

तपाइँको प्रतिक्रिया ।