जेसिज सप्ताह–२०२१ अन्तर्गत जेसिज साँखुले श्रावण ९ गते रक्तदान गर्ने
कपन अनलाइन
काठमाडौं, श्रावण ३ ।विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात् (कोभिड–१९) को संक्रमण संसारभर नै त्रास भईरहेका वेला जेसिज साँखुले विभिन्न कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । समुदायमा बिभिन्न जनचेतनात्मक तथा सेवामुलक कार्यक्रम गर्ने उद्देश्यका साथ स्थापना भएको जेसिज साँखुले ‘जेसिज सप्ताह–२०२१ अन्तरगत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
लामो समयको निषेधाज्ञाको कारण भएको रगतको अभावलाई केहि हद सम्म भए पनि सहज बनाउन ‘जेसिज सप्ताह–२०२१ अन्तरगत जेसिज साँखुले आगामी श्रावण ९ गते शनिबार शंखरापुर नगरपालिका वडा नं ७ महादेवस्थान परिसर साँखुमा रक्तदान कार्यक्रम गर्न लागेको जेसी पवन श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।
मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल नाराको साथमा बिहान ९ बजे देखि अपरान्ह २ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि सुरक्षित तवर बाट संचालन गरिने उक्त रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्न समेत जेसी पवन श्रेष्ठले अनुरोध गरेका छन।